नेभिगेशन
सबै कुरा

आजको मौसमः काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौँ । हाल मुलुकमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । 

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै