नेभिगेशन
सबै कुरा

श्रमाधान रोजगार मेला विराटनगरबाट सुरु, ११४१ मा फोन गरेर जानकारी लिन सकिने

काठमाडौं– सरकारले आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु गर्दै छ । कोशी प्रदेशबाट सुरुवात हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्दै छन् । आज कोशी प्रदेशको विराटनगरस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा पहिलो मेलाको उद्घाट हुँदै छ । विराटनगरमा दुई दिनसम्म चल्ने मेलामा रोजगारीका अवसर, समस्या र समाधान सहितका विभिन्न स्टल तथा बहस कार्यक्रमहरु समेत रहेको श्रम मन्त्रालयले जनाएको छ । 

आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ ।

मेलामा श्रम मन्त्रालय तथा मातहतका सेवा प्रदायक विभागहरुकाा जानकारी मुुलक स्टल, रोजगारदाता निजी कम्पनीहरुका दुई दर्जन स्टल समेत रहेका छन् । मेलामा रोजगारी खोज्नेहरुले आफ्नो क्षमता र आवश्यकता अनुसारका कामका लागि आवेदन समेत दिन सक्ने छन् । 


मेलाबारे श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ । कोशी प्रदेशबाट सुरु भएको मेला हरेक प्रदेशमा दुुई दिन सञ्चालन हुने छ भने जेठ ३० गते बागमती प्रदेशमा आएर सकिने छ।  कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रमाधान रोजगार मेलाका बारेमा विस्तृत जानकारी सहितकाे वेबसाइट समेत रहेकाे छ । ‘श्रमाधान रोजगार मेला’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...

भर्खरै