नेभिगेशन
सबै कुरा

कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी विरुद्ध पक्राउ पुर्जी जारी

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृत विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।  
अनुसन्धानको क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा दाहाल र भट्टराई संलग्न देखिएपछि दुबैविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइएको। 
सिरोहियाका बाबु  घासीराम मारवाडीको अंगिकृत नागरिकता भएपनि उनका कान्छा छोरा कैलाशले भने वंशजको नागरिकता लिएको अनुसन्धान खुलेको प्रहरीले जनाएको छ । 

सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका मिति नै फरक फरक देखिदै आएको छ । सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेको भेटिएको छ । त्यसपछिको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएको पाइएको छ ।  उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिरोहिया हिरासतमा रहेका बेला अनुसन्धानका लागि प्रतिलिपी जारी गरेका तत्कालीन शाखा अधिकृत दाहाललाई बयानका लागि बोलाइएको थियो । तर दाहालले दिएको बयान र अनुसन्धानबाट खुलेको तथ्य नमिलेपछि दाहाललाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने देखिएको हो । प्रहरी स्रोतका अनुसार सिरोहियालाई नागरिकता ऐन २०२० अनुसार वंशजको नागरिकता दिइएको नागरिकतामा उल्लेख छ । तर नागरिकता जारी भएको मितिसम्म उक्त ऐन नै लागु भएकने थिएन । लागुनै नभएको ऐन अनुसार भन्दै वंशजको नागरिकता दिएको विषय गम्भिर भएकाले तत्कालिन समयका प्रमुख जिल्ला अधिकारी तथा प्रतिलिपि दिने अधिकारीलाई अनुसन्धान गर्नु पर्ने देखिएको प्रहरीको दाबी छ । 

जनकपुरधाम उपमहानगरपालिका १ का स्थायी बासिन्दा रहेका सिरोहियाले वंशजको नागरिकता बनाउनैका लागि वडा न ५ बाट सिफारिश लिएको समेत अनुसन्धानमा खुलेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...