नेभिगेशन
सबै कुरा

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । 

विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ ।  

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

संस्थाका अनुसार, ती गीतमा प्रयोग गरिएका शब्द, हाउभाउ र प्रस्तुत शैलीले सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई ठेस पुर्‍याएको छ। आइतबार अपरान्ह संस्थाका पदाधिकारीहरू साइबर ब्युरो कार्यालयमा पुगेर औपचारिक उजुरी...
रास्वपासँग मुकुल ढकाललाई कारबाही गरेको सक्कल फाइल मगाउने सर्वोच्च अदालतको आदेश

रास्वपासँग मुकुल ढकाललाई कारबाही गरेको सक्कल फाइल मगाउने सर्वोच्च अदालतको आदेश

मुद्दामा आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको इजलासले रास्वापलाई ढकाललाई कारबाही गरेको सक्कल फाइल ल्याउन आदेश दिएको हो ।
अलराउन्डर आदिल आलम राष्ट्रिय टिममा फर्किदै, विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा राखियो

अलराउन्डर आदिल आलम राष्ट्रिय टिममा फर्किदै, विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा राखियो

यो सँगै उनी राष्ट्रिय टिममा कमब्याक हुने छ ।  आलम क्यानले २०७९ सालमा आयोजना गरेको टि २० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिवन्धमा परेका थिए ।...
काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य...

भर्खरै