नेभिगेशन
सबै कुरा

ओलीलाई बालेनको सुझावः गिरिबन्धु पीडितको बैना फिर्ता गर्नुहोला, नत्र जेल जानुपर्ला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु जग्गाको नितिगत घोटालमा सहभागी भएको आरोप लगाएका छन् । फेसबुकमा स्टाटस लेख्दै बालेनले १० हजार करोडको गिरिबन्धुकाे जग्गा घोटाला कान्ड लुकाउन ओलीले राज्य शक्ति लगाएर न्युरोडमा फुुटपाथको काम रोकेर सडक बनाउन लागेको उल्लेख गरेका छन् । साथै जनतामा भ्रम छर्ने कार्य नगर्न आग्रह समेत गरेका छन् । 

एकाबिहानै सडक विभागले फुटपाथ पुर्न पुगेपछि बालेनले अब बल्ल देश बन्ने भयो भन्दै ब्यांग्य समेत गरेका छन् । उनले लेखेका छन् 'अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।'

CG

यस्तै उनले नयाँ राजनीतिक दलहरुलाई समेत ब्यांग्य गर्दै कोहि साँच्चैको नयाँ आउला र पाइल पल्टाउला भनेका छन् । उनले लेखेका छन् 'अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त पहिले पनि जेल बस्नुभएको हो । धन्यवाद,” ।

बालेनको स्टाटस यस्तो छ ः "१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ू भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  

यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । 

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।"



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...