नेभिगेशन
सबै कुरा

आगामी वर्षदेखि पालिकास्तरमै आयाेजना गरिनेछ रोजगार मेला : श्रममन्त्री अर्याल

पाेखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आगामी वर्षदेखि पालिकास्तरमै रोजगार मेलाको आयोजना गरिने बताएका छन् । सोमबार गण्डकी प्रदेशको पोखरामा सुरु भएको  ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाताबिच समन्वय गर्न मन्त्रालयले रोजगार मेलाको आयोजना गरेको हो । ‘तर, अहिलेको परिपेक्षमा श्रमाधान रोजगार मेला सान्दर्भिक ठानेर हामीले बजेटबिना पनि मेलाको आयोजना गर्यौँ । छोटो अवधिमा नै मेला गर्नुपर्ने भएकोले हामीले कतिपयलाई कार्यक्रममा समेट्न सकेनौँ। तर, आगामी दिनमा संयुक्त रुपमा यस्ता कार्यक्रम गर्न तिनवटै सरकार मिलेर पालिकास्तरमा नै रोजगार मेला आयोजना गर्नेछौँ,’ मन्त्री अर्यालले भने । 

Ncell
Extreme Energy

नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न यो मेलाले सहयोग गर्ने उनले बताए । ‘श्रम खोज्नेको ठूलो संख्या छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाएर आप्रवासी श्रमिक भित्राएका छन् । श्रमिक र रोजगारदाताबीचको खाडललाई अन्त्य गर्न यस्तो मेलाले सहयोग गर्नेमा विश्वास लिएका छौँ ।’, श्रममन्त्री अर्यालले भने । 

श्रमाधान रोजगार मेलाले कति जनालाई तुरुन्तै रोजगारी दिन्छ भन्ने महत्वपूर्ण नरहेको उनको भनाइ छ । यो एक खालको सुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने उनले बताए । दुई दिने मेलाले वैदेशिक रोजगारीमा जानेहरुलाई समेत धेरै जानकारी मिल्ने उनको भनाइ छ ।

नेपालमा जति पनि समस्या देखिएका त्यसको मुख्य कारण बेरोजगारी : मुख्यमन्त्री  पाण्डे 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गरेकोमा धन्यवाद दिए । यो मेलाले श्रम र रोजगारको क्षेत्रमा नयाँ दिशा दिलाउन महत्वपूर्ण भूमिका खेल्नमा उनले विश्वास व्यक्त गरे । नेपालको संविधानबारे पटक पटक प्रश्नहरु उठिरहेको भन्दै त्यसको कारण नै रोजगारी रहेको उनको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरुको संलग्नतामा मेलाको आयोजना गरिएको छ । 

मेलामा विभिन्न ३९ स्टलहरु राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न  स्टलहरु स्थापना गरिएका छन् । 

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।