नेभिगेशन
सबै कुरा

‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’– गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत्तिका बेला नागरिकको ज्यान जोगाउने महत्वपूर्ण दायित्व विद्यमान ऐनकानुनका कारण  जटिल भएको भन्न नमिल्ने बताउँदै विपद्  व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाँले नियम, कानुन, कार्यविधि, काम गर्नका लागि भएकाले तिनले अधिकार प्रत्यायोजन गरेका छैनन् भनेर विपद् व्यवस्थापनका काम रोक्न नहुनेमा जोड दिए । उनले त्यस्ता कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन अनुरोध गर्दै मन्त्री लामिछानेले कानुनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘ऐननियमले दिँदैन भनेर विपत्तिका बेला राहत र उद्धारका काममा ढिलासुस्ती गर्न पाइँदैन ।”

Ncell
Extreme Energy

गृहमन्त्रीले विपद्मा नागरिकको ज्यान जोगाउने जस्तो महत्वपूर्ण काम अरू केही हुननसक्ने बताउँदै यो वर्षको मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीतिनियम कार्यविधिले सच्च्याउन निर्देशन दिए । 

विपद्का बेला पत्रकार तथा स्वयंसेवकका लागि पनि जोखिम हुने भएकाले विपद् क्षेत्रमा जाँदा आवश्यक तालिम दिन जरुरी रहेको उनले उल्लेख गरे । 

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो मन्त्रालयबाट हुनुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । स्थानीय तहले पाउने बजेट रोकिँदा उनीहरु आन्दोलित भएका जानकारी दिँदै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले गृह मन्त्रालयसँगको समन्वयमा यथासक्य चाँडो बैठक गरेर स्वास्थ्यसम्बन्धी पूर्वतयारी गर्ने प्रतिबद्धता व्यक्त गरे । 

गृहमन्त्री अध्यक्ष रहेको उक्त बैठकले संशोधनसहित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।