नेभिगेशन
सबै कुरा

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।   

नेपाल र नेदरल्यान्डस् दुवै आजको पहिलो खेलमा जितको खोजीमा हुनेछन् । नेपाल र नेदरल्यान्डस् दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिना अघि नेपालमा भएको त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा नेदरल्यान्डस् दुई खेलमा विजयी हुँदा नेपालले एउटा मात्र खेल जितेको थियो । 

सन् २०१५ मा पहिलोपटक नेपाल र नेदरल्यान्डस्ले पहिलो पटक एकअर्काविरुछ खेलेका थिए । हालसम्म दुवैबीच ११ वटा खेल सम्पन्न भएका छन्् । नेदरल्यान्डस् ६ खेलमा विजयी भएको थियो भने नेपालले पाँच खेलमा जित हासिल गरेको थियो ।

टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो भने नेदरल्यान्डस्को पाँचौ सहभागिता हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो । त्यतिबेला नेपालले हङ्कङ् र अफगानिस्तानलाई पराजित गरेको थियो । बङ्गलादेशसँग हार बेहोरेपछि नेपाल दोस्रो चरणमा पुग्न असफल भएको थियो । 

नेदरल्यान्डस्विरुद्धको खेलमा कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा र  सागर ढकालले खेलिरहेका छन् । 

नेपालले काठमाडौँमा गत वर्ष कात्तिकमा भएको एसिया छनोटमा संयुक्त अरब इरिरेट्स (यूएई)लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकपमा २० राष्ट्रको सहभागिता रहेको छ । विश्वकपमा नेपाल र नेदरल्यान्डस् समूह ‘डी’ मा रहेका छन् । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश समेत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक...