नेभिगेशन
सबै कुरा

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपालले नेदरल्यान्डसलाई दियो १०७ रनको लक्ष्य

आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्यान्डस् लाई १०७ रनको लक्ष्य दिएको छ । नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो । नेपालले १९.२ ओभरमा १०६ रन बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।  करण केसीले १७, गुल्सन झाले १४, अनिल शाहले, ११ कुशल मल्लले ९ र दीपेन्द्र १ रन जोडे ।

Ncell
Extreme Energy

नेपाल र नेदरल्यान्डस दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिना अघि नेपालमा भएको त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा नेदरल्यान्डस् दुई खेलमा विजयी हुँदा नेपालले एउटा मात्र खेल जितेको थियो । 

सन् २०१५ मा पहिलोपटक नेपाल र नेदरल्यान्डसले पहिलो पटक एकअर्काविरुछ खेलेका थिए । हालसम्म दुवैबीच ११ वटा खेल सम्पन्न भएका छन् । नेदरल्यान्डस ६ खेलमा विजयी भएको थियो भने नेपालले पाँच खेलमा जित हासिल गरेको थियो । 

टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो भने नेदरल्यान्डसको पाँचौ सहभागिता हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो । त्यतिबेला नेपालले हङ्कङ् र अफगानिस्तानलाई पराजित गरेको थियो । बङ्गलादेशसँग हार बेहोरेपछि नेपाल दोस्रो चरणमा पुग्न असफल भएको थियो । 

नेदरल्यान्डसविरुद्धको खेलमा कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, रोहितकुमार पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा र  सागर ढकालले खेलिरहेका छन् । 

नेपालले काठमाडौँमा गत वर्ष कात्तिकमा भएको एसिया छनोटमा संयुक्त अरब इरिरेट्स (यूएई)लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकपमा २० राष्ट्रको सहभागिता रहेको छ । विश्वकपमा नेपाल र नेदरल्यान्डस समूह ‘डी’ मा रहेका छन् । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश समेत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...