नेभिगेशन
सबै कुरा

आइसिसी टी–२० विश्वकप क्रिकेटः नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित

आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । नेपाल ६ विकेटले पराजित भएको हो । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले नेदरल्यान्डससामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

नेदरल्यान्डसले उक्त लक्ष्य १८.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेदरल्यान्डसका म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । उनी ५४ रनमा अविजित रहे । त्यस्तै बिक्रमजित सिंहले २२ रन जोडे । 

बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले एकएक विकेट लिए ।

यसअघि नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। 

यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाएका थिए । 

बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा डी लिड र मकेरेनले दुई दुई विकेट लिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक...