नेभिगेशन
सबै कुरा

दाङ घटना : शंकै-शंकाले सम्बन्ध बिच्छेद, रिस फेर्न योजनावद्ध हत्या

दाङ । नेपाली सेनाका एक जना अमल्दारले आफ्नै श्रीमतिको हत्या गरेका छन् । यो घटना पश्चिम नेपालको दाङ जिल्लाको तुल्सिपुर नगरपालिका वडा नम्बर ६ को हो ।  सैनिक अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको शुक्रबार धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शालिकराम शुुक्रबार बिहान ८ बजे श्रीमती टिका बुुढाथोकी बसेको कोठामा पुगेका थिए । प्रहरीका अनुसार कोठामा पुग्दा उनले आफ्नी श्रीमती टिका बुुढाथोकी र अर्का एक पुरुष नेपाली सेनाकै जवान आर्यन थापालाई एकै ठाउँका भेट्टाए ।

Ncell
Extreme Energy

त्यसपछि उनले सुरुमा आर्यनलाई खुुकुुरी प्रहार गरेको प्रहरीको भनाई छ । आर्यन त्यहाँबाट भागेपछि श्रीमती टिका कोठाबाट निस्केर घरको छततर्फ लागिन् । आफूू बसेको घरको छतबाट अर्को घरको छतमा गइन् तर घरको गेट बन्द भएकाले त्यहाँबाट तल झर्न सकिनन् । उनलाई पिछा गर्दै छतमा पुुगेका शालिकरामले टिकाको कपालमा समाएर खुकुुरी र हसियाले प्रहार गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । 


स्थानीयका अनुसार टिका ढलेपछि शालिकराम हतियारसहित बाहिर निस्कीएका थिए । विभत्स अवस्थाका उनी खुुकुुरी र हँसियासहित मुख्य सडकमै निस्कीएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिन खोजेका थिए । उनलाई नियन्त्रणमा लिन खोज्दा आफैँ प्रहरी कार्यालय जान लागेको बताएको अर्का एक स्थानीय बताउँछन् । 

सल्यानको कपुुरकोट ६ घर भै ज्वाखल गण बारामा कार्यरत अमल्दार शालिकराम शान्ति मिसनमा भाग लिन विदेश गएका थिए । उनी मिसन सकेर केही दिनअघि मात्रै नेपाल आएका थिए । उनकी श्रीमती टिका बुढाथोकी नाबालक छोरासहित तुलसीपुरमा बस्दै आएकी थिइन् । 

केही समयअघि शालिकराम र टिका सल्यान पुुगेर तुुलसीपुर फर्किएका थिए । श्रीमती डेरामा बस्ने गरेको भए पनि शालिकराम भने अन्यत्र बसेका थिए । सल्यान जिल्ला अदालतबाट जेठ १४ गते उनीहरुको सम्बन्ध विच्छेद भएको शालिकरामले प्रहरीलाई बयान दिएका छन् ।

‘श्रीमतीमाथि पहिल्यैदेखि शंका लागेको र सोही कारण झगडा पर्दा सम्बन्ध विच्छेद भएको हो । अहिले रिस फेर्न हत्या गरें’ शालिकरामको बयान उद्यृत गर्दै प्रहरीले सिधाकुरालाई बतायो । 

सम्बन्ध बिच्छेदपछि पनि श्रीमतीप्रतिको रिस नमरेकाले शुक्रबार बिहान जहाँ भेटियो त्यही हत्या गर्ने योजना सहित शालिकराम हिँडेको प्रारम्भिक अनुुसन्धानमा देखिएको प्रहरी दाबी छ । 

हतियारसहित श्रीमतीको डेरामा पुग्दा अर्का पुुरुष पनि सँगै भेटाएपछि आफूूले हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । हत्या गरेपछि हतियारसहित सडकमा निस्किएका शालिकरामलाई प्रहरीले पक्राउ गरेको थियो । 

घाइते भएका आर्यनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शालिकरामलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमु्ख प्रहरी उपरिक्षक रामबहादुर केसीले जनकारी दिए ।

यता आर्यनले भने टीका र आफूले बिहे गर्ने तयारीमा रहेको बताएका छन् । उनका अनुसार उनीहरुले शुक्रबार बिहे गर्ने तयारी गरेका थिए । आफू बिहेकै तयारीका लागि टीकाको कोठामा गएको आर्यनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै