नेभिगेशन
सबै कुरा

दाङ घटना : शंकै-शंकाले सम्बन्ध बिच्छेद, रिस फेर्न योजनावद्ध हत्या

दाङ । नेपाली सेनाका एक जना अमल्दारले आफ्नै श्रीमतिको हत्या गरेका छन् । यो घटना पश्चिम नेपालको दाङ जिल्लाको तुल्सिपुर नगरपालिका वडा नम्बर ६ को हो ।  सैनिक अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको शुक्रबार धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शालिकराम शुुक्रबार बिहान ८ बजे श्रीमती टिका बुुढाथोकी बसेको कोठामा पुगेका थिए । प्रहरीका अनुसार कोठामा पुग्दा उनले आफ्नी श्रीमती टिका बुुढाथोकी र अर्का एक पुरुष नेपाली सेनाकै जवान आर्यन थापालाई एकै ठाउँका भेट्टाए ।

Marvel

त्यसपछि उनले सुरुमा आर्यनलाई खुुकुुरी प्रहार गरेको प्रहरीको भनाई छ । आर्यन त्यहाँबाट भागेपछि श्रीमती टिका कोठाबाट निस्केर घरको छततर्फ लागिन् । आफूू बसेको घरको छतबाट अर्को घरको छतमा गइन् तर घरको गेट बन्द भएकाले त्यहाँबाट तल झर्न सकिनन् । उनलाई पिछा गर्दै छतमा पुुगेका शालिकरामले टिकाको कपालमा समाएर खुकुुरी र हसियाले प्रहार गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । 


स्थानीयका अनुसार टिका ढलेपछि शालिकराम हतियारसहित बाहिर निस्कीएका थिए । विभत्स अवस्थाका उनी खुुकुुरी र हँसियासहित मुख्य सडकमै निस्कीएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिन खोजेका थिए । उनलाई नियन्त्रणमा लिन खोज्दा आफैँ प्रहरी कार्यालय जान लागेको बताएको अर्का एक स्थानीय बताउँछन् । 

सल्यानको कपुुरकोट ६ घर भै ज्वाखल गण बारामा कार्यरत अमल्दार शालिकराम शान्ति मिसनमा भाग लिन विदेश गएका थिए । उनी मिसन सकेर केही दिनअघि मात्रै नेपाल आएका थिए । उनकी श्रीमती टिका बुढाथोकी नाबालक छोरासहित तुलसीपुरमा बस्दै आएकी थिइन् । 

केही समयअघि शालिकराम र टिका सल्यान पुुगेर तुुलसीपुर फर्किएका थिए । श्रीमती डेरामा बस्ने गरेको भए पनि शालिकराम भने अन्यत्र बसेका थिए । सल्यान जिल्ला अदालतबाट जेठ १४ गते उनीहरुको सम्बन्ध विच्छेद भएको शालिकरामले प्रहरीलाई बयान दिएका छन् ।

‘श्रीमतीमाथि पहिल्यैदेखि शंका लागेको र सोही कारण झगडा पर्दा सम्बन्ध विच्छेद भएको हो । अहिले रिस फेर्न हत्या गरें’ शालिकरामको बयान उद्यृत गर्दै प्रहरीले सिधाकुरालाई बतायो । 

सम्बन्ध बिच्छेदपछि पनि श्रीमतीप्रतिको रिस नमरेकाले शुक्रबार बिहान जहाँ भेटियो त्यही हत्या गर्ने योजना सहित शालिकराम हिँडेको प्रारम्भिक अनुुसन्धानमा देखिएको प्रहरी दाबी छ । 

हतियारसहित श्रीमतीको डेरामा पुग्दा अर्का पुुरुष पनि सँगै भेटाएपछि आफूूले हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । हत्या गरेपछि हतियारसहित सडकमा निस्किएका शालिकरामलाई प्रहरीले पक्राउ गरेको थियो । 

घाइते भएका आर्यनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शालिकरामलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमु्ख प्रहरी उपरिक्षक रामबहादुर केसीले जनकारी दिए ।

यता आर्यनले भने टीका र आफूले बिहे गर्ने तयारीमा रहेको बताएका छन् । उनका अनुसार उनीहरुले शुक्रबार बिहे गर्ने तयारी गरेका थिए । आफू बिहेकै तयारीका लागि टीकाको कोठामा गएको आर्यनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भर्खरै