नेभिगेशन
सबै कुरा

राजावादीलाई माधव नेपालको सुझाव : राजतन्त्र फर्काउन धेरै टाउको नदुखाउनुस्, बरु ब्यापार गर्नुस्

कठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको कोशी सम्पर्क कमिटिले शनिबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने कुरा दिवासपना मात्रै भएको भन्दै यसका लागि धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न सुझाव दिएका हुन् । उनले अहिले राजतन्त्र फर्काउन खोज्नेहरुको स्वर मधुरो हँुदै गएको जिकिर गरे । उाले पार्टीहरुको प्रवृत्तिको विरोध गर्ने गरेपनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने स्पष्ट पारे । 

Ncell
Extreme Energy

अध्यक्ष नेपालले मधेशमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आएपनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ गठबन्धनकै निर्णय अनुसार अघि बढिएको बताए । मुलुकको परिस्थीति अनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनले अहिले प्रधानमन्त्री प्रचण्डको भूमिकालाई सकारात्मक रुपमा लिएको बताए । अध्यक्ष नेपालले समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको जानकारी दिए । 

अध्यक्ष नेपालले मुलुकलाई समाजवादको बाटोतर्फ अघि बढाउन जनवादी क्रान्तिको आवश्यकता पर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।