नेभिगेशन
पूर्वाधार

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

काठमाडौँ । भोटेकोशी बाढीको दशौं दिन आज पनि भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आधारित जलविद्युत् आयोजनाका सात वटै सुरुङमा खोजी र उद्धार जारी रहेको नेपाली सेनाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।

Ncell
Extreme Energy

सेनाका अनुसार, त्रिशूली थ्री ए को सुरुङबाट आज दुई जनाको जीवितै उद्धार गरिएको छ भने अन्यको खोजी भइरहेको छ ।

त्रिशूली थ्री एको सुरुङको १७० मिटरबाट दुई जनालाई जीवितै उद्धार गरेको उद्धार टोली त्यसभन्दा भित्र जाने प्रयासमा छ ।

त्रिशूली थ्री बी मा उद्धार टोली ३० मिटर भित्र प्रवेश गरिसकेको छ भने लेदो माटो बाहिर ल्याउने काम भइरहेको छ ।

चिलिमेमा उद्धार टोली १५० मिटर भित्र प्रवेश गरेको छ भने लाङटाङमा प्वाल पारेर टनेलभित्र प्रवेश गर्ने काम भइरहेको छ ।

त्यसैगरी अपर त्रिशूली १ मा उद्धार टोली २ सय मिटर भित्र पुगिसकेको र रसुवागढीमा २७५ मिटर भित्र परेर खोजी भइरहेको सेनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...