नेभिगेशन
सबै कुरा

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा एक सय ३४ रनले पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ ।

गुयनाको प्रोविडेन्स रङ्गशालामा भर्खरै सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो । युगान्डाका लागि जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क रन बनाउन सकेनन् ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वेष्टइन्डिजका अकिल हुसैन एक्लैले पाँच विकेट लिएभने अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७३ रनको बनाएको थियो ।

वेस्टइन्डिजका लागि जोनसन चारल्सले ४४ रन बनाए भने आन्द्रे रसेलले अविजित ३० रन जोडे । कप्तान रोभमन पावेलले २३, सफर््यान रुदरफोर्ड र निकोलस पुरनले समान २२–२२ रन बनाए । ब्रेन्डन किङ्गले १३ रन जोडे ।

युगान्डाका लागि कप्तान ब्रायन मसाबाले दुई विकेट लिए । त्यस्तै  अल्पेश रामजानी, कोस्मास क्युउटा र दिनेश नकर्नीले समान एक–एक विकेट लिए । यससँगै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको वेस्टइन्डिजले चार अङ्क जोेडेको छ  । तीन खेलमा स्पर्धा गरेको युगान्डा दुई अङ्कमा सीमित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अध्यक्ष चन्दले भने, ‘नेपाली क्रिकेटको स्वर्णिम युग सुरु’

अध्यक्ष चन्दले भने, ‘नेपाली क्रिकेटको स्वर्णिम युग सुरु’

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए ।
टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

खेलकुद मन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्काले नेपाली क्रीकेट टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले...

भर्खरै