नेभिगेशन
सबै कुरा

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा एक सय ३४ रनले पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुयनाको प्रोविडेन्स रङ्गशालामा भर्खरै सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो । युगान्डाका लागि जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क रन बनाउन सकेनन् ।

Ncell
Extreme Energy

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वेष्टइन्डिजका अकिल हुसैन एक्लैले पाँच विकेट लिएभने अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७३ रनको बनाएको थियो ।

वेस्टइन्डिजका लागि जोनसन चारल्सले ४४ रन बनाए भने आन्द्रे रसेलले अविजित ३० रन जोडे । कप्तान रोभमन पावेलले २३, सफर््यान रुदरफोर्ड र निकोलस पुरनले समान २२–२२ रन बनाए । ब्रेन्डन किङ्गले १३ रन जोडे ।

युगान्डाका लागि कप्तान ब्रायन मसाबाले दुई विकेट लिए । त्यस्तै  अल्पेश रामजानी, कोस्मास क्युउटा र दिनेश नकर्नीले समान एक–एक विकेट लिए । यससँगै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको वेस्टइन्डिजले चार अङ्क जोेडेको छ  । तीन खेलमा स्पर्धा गरेको युगान्डा दुई अङ्कमा सीमित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...