नेभिगेशन
सबै कुरा

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुन्छः खेलकुद मन्त्री श्रेष्ठ

सुर्खेत । कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गदै मन्त्री श्रेष्ठले दशौ राष्ट्रिय खेलकुदका लागि सरकारले वजेट नै घोषणा गरिसकेकाले  निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णालीमा निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि वढिसकेको वताए । खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्नका लागी मन्त्रालय ,राष्ट्रिय खेलकुद परिषद लगाएत सम्पुर्ण टिम कर्णाली केन्द्रित भैसकेको वताए । 

Ncell
Extreme Energy

मन्त्री श्रेष्ठले २०८१ मंसिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेर रंगशालाको अवलोकन गदै तयारीमा जुटेको वताएका हुन् ।  मन्त्री श्रेष्ठले प्रतियोगिताको तयारीका विषयमा कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गरेका छन् ।

आठ विघा क्षेत्रफलमा निर्माण भइरहेको रंगशालाको हालसम्म ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै टोलीको प्रशिक्षण क्याम्प छाड्नुको पछाडिका घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्दै १० पृष्ठ लामो आधिकारिक वक्तव्य जारी गरेका छन् ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्।