नेभिगेशन
सबै कुरा

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुन्छः खेलकुद मन्त्री श्रेष्ठ

सुर्खेत । कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गदै मन्त्री श्रेष्ठले दशौ राष्ट्रिय खेलकुदका लागि सरकारले वजेट नै घोषणा गरिसकेकाले  निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।

कर्णालीमा निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि वढिसकेको वताए । खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्नका लागी मन्त्रालय ,राष्ट्रिय खेलकुद परिषद लगाएत सम्पुर्ण टिम कर्णाली केन्द्रित भैसकेको वताए । 

मन्त्री श्रेष्ठले २०८१ मंसिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेर रंगशालाको अवलोकन गदै तयारीमा जुटेको वताएका हुन् ।  मन्त्री श्रेष्ठले प्रतियोगिताको तयारीका विषयमा कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गरेका छन् ।

आठ विघा क्षेत्रफलमा निर्माण भइरहेको रंगशालाको हालसम्म ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक...
विश्वकप क्रिकेट लिग–२ः युएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

विश्वकप क्रिकेट लिग–२ः युएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका छन्  । नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता युएईले पनि अमेरिकासँग चार विकेटको...