नेभिगेशन
सबै कुरा

नेपाली क्रिकेटमा अराजकता फैलाउन खोज्ने विरुद्द कानुनी उपचार खोजिन्छ: पारस खड्का

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित संघभित्रका केही सदस्यहरू लागिरहेको आरोप लगाएका छन् ।  

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै खड्काले चुुनौती र कठिजनई चिर्दै विस्तारतर्फ चलिरहेको नेपाल क्रिकेट संघलाई बदनाम गराउँदै आफ्नो लाभ र प्रायोजना हत्याउन संघ भित्रकै केही ससदस्यले प्रयास गरेको भन्दै यसकाे कानुनी उपचारमा जाने बताए ।  

CG


खड्काले लेखेका छन्, ‘कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैकाबीच, संघका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद् हो।’

साथै खड्काले व्यक्तिगत राजनीतिक लाभका लागि फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विश्वकपमा हौसला प्रदान गर्न पनि दर्शकहरुसँग अनुरोध गरेका छन् । उनले लेखेका छन् 'यस बिचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ,'।

यस्तो छ खड्काको भनाई :

"नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ९ क्यान ० ले समग्र नेपाली क्रिकेट र खेलाडीहरूको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केही सराहनीय कार्यको फल स्वरूप सिङ्गो, संस्था नेपाल क्रिकेट संघ ९क्यान० वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको सर्वविदितै छ।    

कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बिच, संघका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखदस् हो।

नेपाली क्रिकेटमा खेलाडीको रूपमा मैले देशको झन्डा ओढ्दै यसको गरिमा र मान(प्रतिष्ठालाई थप उचाइमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झँदै यस खेलको विकासमा आफूलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिङ राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाइमा पुर्‍याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु ( र यसै सपनालाई साकार पार्न संस्थागत रूपबाट केही गरौँ भन्ने सोचका साथ खेलाडी जीवनबाट संन्यास लिँदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सबैभन्दा ठुलो अवसर समेत ठानेको छु। 

यस बिचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ।

साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।

विश्वकप जस्तो सर्वोच्च मञ्चमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भइरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरू प्रति रहनु आवश्यक रहेको छ। यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिङ्गो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरूको मनोबल र हौसला बढाइदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो...
एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका...