नेभिगेशन
सबै कुरा

गण्डकी प्रदेश मन्त्रीमण्डल विस्तार : छैटाैँ पटक मन्त्री बने दीपक मनाङे

पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटा र मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रीमण्डलमा देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको रुपमा शपथ लिएका छन् भने मनाडेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रुपमा शपथ लिएका हुन् । मनाङे योसँग ६ पटक मन्त्री बनेका छन् । 

Ncell
Extreme Energy

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुअघि उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।