नेभिगेशन
सबै कुरा

जीबी राईलाई पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा फरार जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले अहिलेको अवस्था हेर्दा देश भन्दा ठूलो जीवी राई देखिएको भन्दै उनलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका हुन् ।

Ncell
Extreme Energy

आकास पाताल जहाँबाट भएपनि राईलाई पक्राउ गरेर ल्याउछौ भनेर गृहमन्त्रीले भनेकाले कहिले पक्रेर ल्याउने हो हेरेर बसेको उनले बताए । शाहीले साना साना कुरा मात्रै नभई ठूला ठूला भ्रष्टाचार र अनियमितताका फाइल खोल्न गृहमन्त्रीलाई सुझाव दिएका छन् । उनले गिरीबन्धु प्रकरणका बिषयमा पनि छानविन गर्दै सत्यतथ्य संसदलाई जानकारी गराउन माग गरे ।

त्यस्तै शाहीले भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीलाई कुनै प्रदेशको मुख्यमन्त्री जस्तो सम्मान व्यवहार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।