नेभिगेशन
सबै कुरा

जीबी राईलाई पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा फरार जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले अहिलेको अवस्था हेर्दा देश भन्दा ठूलो जीवी राई देखिएको भन्दै उनलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका हुन् ।

City Express

आकास पाताल जहाँबाट भएपनि राईलाई पक्राउ गरेर ल्याउछौ भनेर गृहमन्त्रीले भनेकाले कहिले पक्रेर ल्याउने हो हेरेर बसेको उनले बताए । शाहीले साना साना कुरा मात्रै नभई ठूला ठूला भ्रष्टाचार र अनियमितताका फाइल खोल्न गृहमन्त्रीलाई सुझाव दिएका छन् । उनले गिरीबन्धु प्रकरणका बिषयमा पनि छानविन गर्दै सत्यतथ्य संसदलाई जानकारी गराउन माग गरे ।

त्यस्तै शाहीले भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीलाई कुनै प्रदेशको मुख्यमन्त्री जस्तो सम्मान व्यवहार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।