नेभिगेशन
सबै कुरा

तीन खम्वे अर्थनीति अनुसार नै आर्थिक सुधारको बाटोमा अघि बढेको अर्थमन्त्री पुनको दाबी

काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले तीन खम्वे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले निजि क्षेत्रलाई अग्रभूमिकामा राख्दै संविधानमा उल्लेख तीन खम्वे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका हुन् । 

City Express

राजनीतिक नेतृत्व लगायतका विज्ञहरुको सहभागीतामा आर्थिक सुधारका लागि नीतिको निरन्तरतासहितको रोडम्याप आयोगमार्फत बनाइने उनले बताए । अर्थमन्त्री पुनले जलविद्युत क्षेत्र, सिमेन्ट क्षेत्र लगायतमा पुरानै निति भएकै कारण उक्त क्षेत्र राम्रो भएको भन्दै सूचना प्रविधि लगाएका रुपान्तकारी क्षेत्रमा पनि साझा रोडम्याप बनाउन जरुरी रहेको धारणा राखे । सरकारले लिएको लक्ष्य अनुसार नयाँ चरणको आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रको चूनौति पार गर्दै अहिलेको अवस्थामा आइपुगेको भन्दै नियम कानूनमार्फत यस क्षेत्रको बिकासका लागि सहज वातावरण बनाइने धारणा राखे । सूचना प्रविधिमा रहेका अनियमितता र बेतिथीलाई सफा गर्दै यस क्षेत्रलाई व्यवस्थीत बनाइने उनको भनाइ छ । मन्त्री शर्माले राष्ट्रिय प्राथमिकताको क्षेत्रका रुपमा सूचना प्रविधिलाई राखिनु ऐतिहासिक कार्य भएको बताए ।

उनले सूचना प्रविधि तथा दुरसञ्चार क्षेत्रको पुराना कानूनलाइ समयानुकुल परिमार्जनको तयारी भइरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।