नेभिगेशन
सबै कुरा

नेपाल वायुसेवा निगमका पाइलट भावना पन्तमाथिको निलम्बन फुकुवा, क्याप्टेन लामाको यथावत

काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको भएको थियो । तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उहाँको उडान निलम्बन फुकुवा गरिएको हो ।” नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज  ‘ए३२०–२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।

Ncell
Extreme Energy

पाइलट पन्तविरुद्धको निलम्बन फुकुवा भएपनि प्राधिकरणले ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन विजय लामामाथि गरेको निलम्बनबारे कुनै जानकारी दिएको छैन । विमानस्थलमा उडान सुरक्षा सम्बन्धी कानुनी दायरा नाघेको भन्दै नेपाल उड्डयन प्राधिकरणले उनीहरुलाई गत जेठ २१ गते निलम्बन गरेको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवकको मृत्यु भएमा सरकारले १० लाख दिने

बाढी प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवकको मृत्यु भएमा सरकारले १० लाख दिने

सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यमा खटिएका कुनै पनि राष्ट्रसेवकको मृत्यु भएमा जनही १० लाख राहत उपलब्ध गराउने भएको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...
सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

मन्त्री रावलले आज विदुर नगरपालिकाको कार्यालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेकी हुन् ।
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...

भर्खरै