नेभिगेशन
सबै कुरा

निर्धारित समय अगावै भवन निर्माण सम्पन्न

उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ मा निर्माण भएको प्राकृतिक श्रोत ब्यबस्थापन कलेजको शैक्षिक भवन निर्धारित समय भन्दा ५ महिना अघि नै सम्पन्न भएको छ ।

कृषि तथा वन बिज्ञान विश्वविद्यालय वन बिज्ञान संकाय मार्फत ६ करोड ४९ लाख ४ हजारमा २०८० वैशाख २६ मा सम्झौता भएको शैक्षिक भवन  निर्माण कम्पनीले ५ महिना अघि काम सम्पन्न गरेको हो ।

१८ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने जिम्मा पाएको कामख्या कन्टक्सन प्रालिले कलेजको १२ कोठाको ३ तले भवन ५ महिना अघि सम्पन्न गरेर उदाहरणको पात्र बनेको हो । निर्माण समय भन्दा ५ महिना अगाडिनै भवन निर्माण सम्पन्न गरेकोमा निमित्त क्याम्पस प्रमुख राजीव जोशीले निर्माण कम्पनीलाई धन्यवाद व्यक्त गरे ।

क्याम्पसको आफ्नै भवन नहुँदा बर्षौ देखी उदयश्री क्याम्पसको भवनमा पठनपाठन हुँदै आएको थियो । नयाँ भवन निर्माण भए संगै विद्यार्थीहरुले अत्याधुनिक भवनमा अध्ययन गर्न पाउने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।