नेभिगेशन
सबै कुरा

महिलाहरुले बाजा बजाउने सिप सिकेपछि...

काठमाडाैँ । संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि पात्लेखेतका महिलाले व्ययसायिक रुपमा बाजा बजाउने पेशा अपनाएका हुन् । 

संस्कृति र पेशालाई संरक्षण गर्दै आयआर्जन तथा आत्मनिर्भर बन्नका लागि बाजा बजाउन थालेको बेनी नगरपालिका–१० पात्लेखेतको सिद्धबराह आमा समूहका सचिव गीता रोकाले बताइन् ।  “गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो,” उनले भनिन् “छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कारगत कार्यनै प्रभावित हुने अवस्था आएपछि महिलाहरुले बाजा बजाउने सिप सिकेर व्यवसाय थालेका छौ ।” 

बाजा बजाउने सिप सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनको अवसर सिर्जना भएको पात्लेखेतकी सम्झना रोकाले बताइन् । बेनी नगरपालिकाको “आमा समूहसँग उपमेयर” कार्यक्रम मार्फत पात्लेखेतका ३० जना महिलाहरुलाई हालै ४५ दिनसम्म बाजा बजाउने तालिम दिइएको थियो । तालिममा सहभागीहरुका लागि दुई सेट नौमती बाजाका सामग्री पनि उपलब्ध गराएको बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले बताए । सिप र सामग्री पाएपछि पात्लेखेतका महिलाहरुले व्यवसायिक रुपमा बाजा बजाउन थालेका उनले बताए।  

नगरपालिकाले नौमती बाजा तालिम सञ्चालन र सामग्री खरिदमा रु ६ लाख बिनियोजन गरेको थियो । यसैगरी रु। ३ लाख बजेटबाट रैथाने बाली प्रशोधन र भण्डारण गर्ने ११ वटा कम्बाइन्ड मिल र (प्याकेजिंग) मेशिन उपलब्ध गराइएको छ । 

समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन कार्यक्रम मार्फत सिप र प्रविधि सहयोग गरीएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताइन् । “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौ,” उनले भनिन्, “चालु आर्थिक वर्षमा रु। २० लाख बिनियोजन भएको कार्यक्रम वडा नम्बर २ र १० मा लागू भएको छ ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा दुई वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । वडा नम्बर २ मा ५० जनालाई केराको थामबाट धागो र स्थानीय तितेपाती लगायतका सामग्री प्रयोग गरेर साबुन बनाउने तालिम दिइएको थियो ।  १५ जना आवद्ध ज्यामरुककोट सिर्जनशिल महिला उद्योगलाई ३ थान स्वीङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मुल आमा समूह सञ्जालका सल्लाहकार उषाघर्ती घिमिरेले बताइन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।