नेभिगेशन
सबै कुरा

महिलाहरुले बाजा बजाउने सिप सिकेपछि...

काठमाडाैँ । संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि पात्लेखेतका महिलाले व्ययसायिक रुपमा बाजा बजाउने पेशा अपनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्कृति र पेशालाई संरक्षण गर्दै आयआर्जन तथा आत्मनिर्भर बन्नका लागि बाजा बजाउन थालेको बेनी नगरपालिका–१० पात्लेखेतको सिद्धबराह आमा समूहका सचिव गीता रोकाले बताइन् ।  “गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो,” उनले भनिन् “छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कारगत कार्यनै प्रभावित हुने अवस्था आएपछि महिलाहरुले बाजा बजाउने सिप सिकेर व्यवसाय थालेका छौ ।” 

Ncell
Extreme Energy

बाजा बजाउने सिप सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनको अवसर सिर्जना भएको पात्लेखेतकी सम्झना रोकाले बताइन् । बेनी नगरपालिकाको “आमा समूहसँग उपमेयर” कार्यक्रम मार्फत पात्लेखेतका ३० जना महिलाहरुलाई हालै ४५ दिनसम्म बाजा बजाउने तालिम दिइएको थियो । तालिममा सहभागीहरुका लागि दुई सेट नौमती बाजाका सामग्री पनि उपलब्ध गराएको बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले बताए । सिप र सामग्री पाएपछि पात्लेखेतका महिलाहरुले व्यवसायिक रुपमा बाजा बजाउन थालेका उनले बताए।  

नगरपालिकाले नौमती बाजा तालिम सञ्चालन र सामग्री खरिदमा रु ६ लाख बिनियोजन गरेको थियो । यसैगरी रु। ३ लाख बजेटबाट रैथाने बाली प्रशोधन र भण्डारण गर्ने ११ वटा कम्बाइन्ड मिल र (प्याकेजिंग) मेशिन उपलब्ध गराइएको छ । 

समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन कार्यक्रम मार्फत सिप र प्रविधि सहयोग गरीएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताइन् । “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौ,” उनले भनिन्, “चालु आर्थिक वर्षमा रु। २० लाख बिनियोजन भएको कार्यक्रम वडा नम्बर २ र १० मा लागू भएको छ ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा दुई वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । वडा नम्बर २ मा ५० जनालाई केराको थामबाट धागो र स्थानीय तितेपाती लगायतका सामग्री प्रयोग गरेर साबुन बनाउने तालिम दिइएको थियो ।  १५ जना आवद्ध ज्यामरुककोट सिर्जनशिल महिला उद्योगलाई ३ थान स्वीङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मुल आमा समूह सञ्जालका सल्लाहकार उषाघर्ती घिमिरेले बताइन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

मन्त्री रावलले आज विदुर नगरपालिकाको कार्यालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेकी हुन् ।
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन...