नेभिगेशन
सबै कुरा

‘अपरेशन महाभारत’ : ऋण तिर्न दबाब परेपछि दम्पत्तिकाे हत्या गरी लुटपाट

काभ्रे । काभ्रे प्रहरीले जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तिनखुट्टेमा जेठ ७ गते भएको दम्पत्तिहत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख एसपी बशुन्धरा खड्काका अनुसार दम्पत्तिको हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ घर का ३८ वर्षीय एकेन्द्र सार्की हुन् । 

City Express

प्रहरीले ‘अपरेशन महाभारत’ नाम दिएर दम्पत्तिको हत्यामा संलग्नको खोजी गरेको थियो । एकेन्द्रले जेठ ७ गते राती मान बहादुर बल र निजको श्रीमती केकै माया तामाङलाई फलामको रड र फलामको घन लगायतका औजारहरु प्रयोग गरी हत्या गरेका थिए । हत्यापछि सुनका गरगहनाहरु, मृतकहरुको पसलमा रहेको रिचार्ज कार्डहरु तथा नगद रकम समेत लुटी लगेका प्रहरी अनुसन्धानबाट खुलेको खड्काले बताए । पक्राउ परेका व्यक्तिको आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न दवाव परेपछि लुटपाट गर्न हत्या गरेको उनले बताए । 

त्यस्तै प्रहरीले काभ्रे तेमाल गाँउपालिका वडा नं. ०२ को काफलडाँडा स्थित चुखाबाट तिनपिपल जाने कच्ची सडक खण्डमा बर्ष ५७ को साहिली तामाङलाई फलामको रडले शरीरको बिभिन्न भागमा बिभत्स तवरले निर्ममता पुर्वक हत्या गर्ने सोही ठाँउका बर्ष ५७ को मानध्वज तामाङलाइ समेत सार्वजनिक गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...