नेभिगेशन
सबै कुरा

‘अपरेशन महाभारत’ : ऋण तिर्न दबाब परेपछि दम्पत्तिकाे हत्या गरी लुटपाट

काभ्रे । काभ्रे प्रहरीले जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तिनखुट्टेमा जेठ ७ गते भएको दम्पत्तिहत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख एसपी बशुन्धरा खड्काका अनुसार दम्पत्तिको हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ घर का ३८ वर्षीय एकेन्द्र सार्की हुन् । 

CG

प्रहरीले ‘अपरेशन महाभारत’ नाम दिएर दम्पत्तिको हत्यामा संलग्नको खोजी गरेको थियो । एकेन्द्रले जेठ ७ गते राती मान बहादुर बल र निजको श्रीमती केकै माया तामाङलाई फलामको रड र फलामको घन लगायतका औजारहरु प्रयोग गरी हत्या गरेका थिए । हत्यापछि सुनका गरगहनाहरु, मृतकहरुको पसलमा रहेको रिचार्ज कार्डहरु तथा नगद रकम समेत लुटी लगेका प्रहरी अनुसन्धानबाट खुलेको खड्काले बताए । पक्राउ परेका व्यक्तिको आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न दवाव परेपछि लुटपाट गर्न हत्या गरेको उनले बताए । 

त्यस्तै प्रहरीले काभ्रे तेमाल गाँउपालिका वडा नं. ०२ को काफलडाँडा स्थित चुखाबाट तिनपिपल जाने कच्ची सडक खण्डमा बर्ष ५७ को साहिली तामाङलाई फलामको रडले शरीरको बिभिन्न भागमा बिभत्स तवरले निर्ममता पुर्वक हत्या गर्ने सोही ठाँउका बर्ष ५७ को मानध्वज तामाङलाइ समेत सार्वजनिक गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको...
कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते,  आशंकामा एक जना पक्राउ

कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते, आशंकामा एक जना पक्राउ

शनिवार राति धनगढी उपमहानगरपालिका–१७, डमौलियाका स्थानीय तेज खत्री, चन्द्रा देवी ओली  र श्याम साउँद  विद्युतीय धरापमा परेर घाइते भएका थिए । सो घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको...
फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज...

भर्खरै