नेभिगेशन
सबै कुरा

राजनीतिको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित गर्दैनः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली राजनीतिको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित नगर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री समेत रहनुभएका लामिछानेले नयाँ दलहरुको अस्तीत्वलाई स्वीकार नगर्ने र नेपाली राजनीतिमा देखिएको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित नगर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले मधेशमा जनमत पार्टी र अन्य स्थानमा रास्वपा लगाएत स्वतन्त्र उम्मेद्वारलाई जनताले दिएको भोटले नयाँ सन्देश दिएको भन्दै यसलाई सबै दलहरुले स्वीकार गर्न सक्नुपर्ने धारणा राखे । 

आफ्नो पार्टी स्थापना हुनुभन्दा लामो समयदेखि जनतासमक्ष गएर धेरै अध्ययन गरिएको भन्दै लामिछानले अहिले पनि आफ्नो पार्टीलाई सामाजिक सञ्जालको लोकप्रियताका आधारमा भोट आएको भन्ने जवरजस्त भाव स्थापित गराउन खोजिएको गुनासो गरे । लामिछानले अहिले नयाँ शक्तिहरु मिल्न आवश्यक नरहेको तर्क गर्दै बिचारमा आधारमा एक्लै चूनाव लड्न र जनतामाझ परीक्षण गर्न चूनौति दिए । 

उनले संविधानले परिकल्पना गरेको संघीयताको मर्म अनुसार प्रदेशलाई बेढंगबाट ढंगको बनाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

मन्त्री रावलले आज विदुर नगरपालिकाको कार्यालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेकी हुन् ।
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन...