नेभिगेशन
सबै कुरा

नयाँ दलका नेतालाई बाबुराम भट्टराईको सुझावः पुराना दलका नेताहरु धृतराष्ट्र बनिसके, उनीहरुको बाहुपाशमा नफस्नु

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुराना दलका नेताहरु धृतराष्ट्र बनिसकेको भन्दै उनीहरुको बाहुपाशमा नफस्न नयाँ दलका नेताहरुलाई सुझाव दिएका छन् । 

साथै उनले अहिलेको व्यवस्थालाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले अहिलेको संविधान आधा भरिएको र आधा खाली गिलास भएको भन्दै यसलाई पूर्ण बनाउन शासकीय स्वरुप लगाएका व्यवस्थालाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे । भट्टराईले राजनीतिक स्थीरता र भ्रष्टाचार मुक्त देश नवनाएसम्म बिकास हुन नसक्ने बताए । उनले अबको केही वर्षभित्र देशको नेतृत्व गर्ने वैकल्पिक शक्तिले नै गर्ने दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।