नेभिगेशन
सबै कुरा

बाल श्रमविरुद्ध सिंहदरबारभित्र बालेन : साता दिनदेखि रेकी गरेर अपरेशन

काठमाडौँ । बुधबार दिउँसो बाल श्रम विरुद्धको अपरेशनका लागि महानगरको प्रहरीसहितको टोली ४ वटा गाडी लिएर सिंहदरबार प्रवेश गर्यो । श्रम मन्त्रालयमा पुगेर उक्त टोलीले केही कानुनी प्रक्रिया पुरा गर्यो र बाल श्रम शोषण विरुद्ध सिंहदरबार भित्र छापा सुरु गर्यो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

छापाकै क्रममा उक्त टोली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चमेना गृहमा पुग्यो । चमेना गृह सञ्चालकसँग महानगरको टोलीले त्यहाँ कार्यरत कर्मचारीको विवरण माग गरे । चमेनागृह सञ्चालकले उक्त विवरण टिपाए । त्यहाँ काम गर्ने एक जना मात्रै बाल श्रमिक भएको खुल्यो । 

महानगरको टोलीले सञ्चालकलाई सोधे, ‘अर्का बालक खोई ?’ क्यान्टिन सञ्चालक अक्क न बक्क भए । उनले टार्न खोजे । ‘अरु छैनन् सर ।’ 

महानगरका कर्मचारीले ढुक्कका साथ सोधे ‘५ जुन अर्थात जेठ २३ गतेको सिसिटिभी फुटेज कहाँ छ ? त्यसदिन यहाँ काम गर्ने अर्का बाल श्रमिक थिए । अहिले उनी कहाँ छन् ?’ 


चमेना गृह सञ्चालक निःशब्द र लज्जित भएर भने ‘सिसिटिभीको फुटेज मन्त्रालयको स्टोर रुममा हुन्छ ।’ महानगरले त्यसदिन चमेनामा काम  गरिरहेका बाल श्रमिकबारे स्पष्ट खुलाउन र उक्त दिनको दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्मको सिसिटिभी फुटेज उपलब्ध गराउन निर्देशन दियो र त्यहाँ रहेका एक बाल श्रमिकलाई उद्धार गरेर आफ्नो साथमा लिएर गयो ।

देशभर बाल श्रमिक विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहँदा काठमाडौँ महानगरले भने बालश्रमिक राख्ने कार्य विरुद्ध योजनाबद्ध कारबाही चलाइरहेको थियो । 

कर्मकाण्डी अनुगमन र निर्देशन भन्दा पनि योजनाबद्ध अध्ययन, स्वयंसेवकको गोप्य परिचालन र बाल श्रमिकको प्रयोग निश्चित भएको निष्कर्ष पछि महानगरले छापा हानेर बालबालिकाको उद्धार र श्रम शोषण गर्नेहरू विरुद्ध कडा कारबाही अगाडि बढाइरहेको छ । त्यसैको निशानामा बुधबार केन्द्रिय सत्ता सञ्चालनको मुख्य थलो सिंहदरबार पर्यो । 


महानगरका अनुसार सिंहदरबार भित्रका चमेना गृहमा प्रयोग गरिएका बाल श्रमिकबारे एक साता देखि गोप्य अनुसन्धान गरिएको थियो ।  बुधबार बिहानै देखि महानगरका स्वयंसेवकहरु सिंहदरबारमा रेकीका लागि खटिएका थिए । जसका कारण बुधबार चलाइएको सिंहदरबार भित्रको अपरेशन खेर जान पाएन । 

विश्व बालश्रम विरुद्धको दिवसकै दिन सिंहदरवारबाट ४ जना बालबालिकालाई महानगरले उद्धार गरेको छ । उद्धार गरिएकाहरूका १८ वर्षमुनिका २ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरूमध्ये २ जना बालिकालाई प्रशासनिक अदालतको भवनसँगै रहेको सेन्ट्रल क्यान्टिनबाट, १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्का १ जनालाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको हो । 


उनीहरूलाई उद्धार गरेर महानगरले सुरक्षित गृहमा लगेको छ । उद्धार टोलीका संयोजक धिरज जोशीका अनुसार कानुन विपरित बालबालिकालाई श्रममा लगाउनेलाई कानुनी कारबाही गर्ने र बालबालिकाका लागि क्षतिपूर्ति भराइने महानगरले जनाएको छ । पछिल्लो एक महिना देखि महानगरले बालश्रमिक विरुद्धको गोप्य अभियान चलाइरहेको छ ।  

नागरिकताबिना प्रवेश नपाउने सिंहदरबारमै नागरिकता नभएका बालबालिकाको शोषण

सिंहदरबारभित्र प्रवेश गर्नका लागि एक सामान्य नागरिकले अनेक झमेला झेल्नुपर्छ । भित्र कोही चिनेजानेका आफन्त भए पास मगाउन लगाउनुपर्छ र आफू नागरिकता वा अन्य कुनै परिचय पत्र बोकेर भनेअनुरूपको झ्यालझ्याल चिहाउनुपर्छ । तर, त्यही सिंहदरबारभित्र श्रम शोषण गर्न नागरिकता नै नबनेका बालबालिकाको प्रयोग भएको महानगरका सचिवालय सदस्य धिरज जोशी बताउँछन् । 

‘देशकै ठूलो प्रशासनिक केन्द्र हो सिंहदरबार । यो केन्द्रको परिधिबाट भित्र छिर्न आम नागरिकले नागरिकताबिना छिर्न पाउँदैनन् । नक्कली नागरिकता देखाउँदा पनि छिर्न पाउँदैनन्, सक्कल नै देखाउनुपर्छ । भित्रबाट नै पास पठाएपछि छिर्न पाउने ठाउँमा बाल श्रम शोषण गर्न बालबालिका कसले छिरायो ?’, उनी प्रश्न गर्छन्, ‘बालबालिकाको संरक्षण गर्ने अधिकार राज्यको हो तर राज्य सिंहदरबार भित्र नै देखिएन ।  सिंहदरबारभित्रै राज्य खोई ?'


कानुनले के भन्छ ?

सिंहदरबारभित्रको अनुगमन र बालबालिका उद्धारका क्रममा महानगरको टोलीले प्रत्येक क्यान्टिन सञ्चालकरूलाई अन्त्यमा सम्झाएको एउटा लाइन छ, ‘श्रम स्वीकृति बिना कसैलाई पनि काममा लगाउन पाइँदैन र श्रम स्वीकृति दिनका लागि कामदार १८ वर्षको पुगेको हुनैपर्छ । यदि १८ वर्ष नपुगी काममा लगाएको पुष्टि भएका कारबाहीको भागेदारी हुनुपर्छ । आगामी दिनदेखि यदि त्यस्तो गल्ती नगर्नुहोला ।’ बाल श्रम शोषण गर्न नेपालको कानुनले बर्जित गरेको छ । 

त्यस्तै बालबालिकाको संरक्षण तथा बालबालिकाको अधिकारको सुनिश्चितता गर्नकै लागि काठमाडौँ महानगरले ‘बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ । पछिल्लो समय काठमाडौँमा विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना संकलन गर्दै महानगरले सोही कार्यविधिअनुरूप काम गरिरहेको महानगरका सचिवालय सदस्य धिरज जोशी बताउँछन् । महानगरले बालबालिकाको खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको जनाएको छ । 

उद्धार गरेर कहाँ लगिन्छ बालबालिका ?

काठमाडौँ महानगरले सिंहदरबारबाट उद्धार गरेर लगिएका बालबालिकालाई सुरुमा बालबालिका खोजतलास केन्द्रमा लगेर काउन्सिलिङ गरिने जनाएको छ । 

उक्त केन्द्रमा उनीहरूको अवस्था, उनीहरूले भोगेको श्रम शोषणको प्रकृति बुझेर सेफ हाउसमा पठाइने सचिवालय सदस्य जोशीले बताए । त्यहाँ पनि उनीहरूको काउन्सिलिङ हुने उनले बताए । सबै चेकजाँच भएपछि अन्त्यमा उनीहरूको अवस्था बुझेर मनोपरामर्शदाताले रिपोर्ट बुझाएपछि उनीहरूको सुझावअनुरूप कानुनी कारबाही गर्नुपरे गर्ने नत्र बागमती श्रम कार्यालयले कानुन अनुरूप कारबाही गर्ने र जरिवाना तिराउने बताइएको छ ।  

सम्बन्धित समाचार: 

रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को दर्दनाक भोगाइ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...
२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो...
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।