नेभिगेशन
सबै कुरा

साउथ अफ्रिकासँग १ रनले चुक्यो नेपाल, सुपर ८ को सपना समाप्त

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रुपमा अनिल शाहलाई गुमाउन पुग्यो । अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए । आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए ।

नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए ।

ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रुपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र  एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे । 

नेपालाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । गुल्सन झाले १९ औँ ओभरको तेस्रो र चौथो बलमा ६ रन बनाएका थिए । नेपाललाई २ बलमा २ रन चाहिएको थियो । ओभरको पाँचौ बल डट भयो । अन्तिम बल पनि मिस गरेका गुल्सन नन स्ट्राइकमा रन आउट हुन पुगे । 

दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भन  आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह,...
एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको...
मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु

मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु

एनपीएलको पहिलो संस्करण, सोको आर्थिक विवरण पेस हुने बताइएकाे छ । पहिलो संस्करणको हिसाव पारदर्शी नभएको भन्दै असन्तुष्ट पक्षले हिसाब अनुमोदन नगर्ने बताउँदै आएका छन् ।
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको...