नेभिगेशन
सबै कुरा

इलामका ६ पालिकाले खाना र सभा संचालनमा पौने २ करोड सके

इलामका ६ वटा पालिकाले खाना र सभा संचालनमा ठूलो रकम खर्च गरेको पाइएको छ । आर्थिक बर्ष २०७९/८०मा खाना र सभा संचालनमा मात्रै यी पालिकाले १ करोड ७९ लाख ४० हजार खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सबैभन्दा धेरै खर्च गर्नेमा सन्दकपुर गाउँपालिका रहेको छ । महालेखाको प्रतिवेदन अनुसार यो पालिकाले खाना तथा विविध खर्चमा ४३ लाख ८७ हजार रुपैयाँ र सभा संचालनमा ३ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । आन्तरिक आयको ६७.१२ प्रतिशत खर्च गरेको भन्दंै महालेखाले यो पालिकाललाई खर्चमा मितव्ययी बन्न निर्देशन दिएको छ ।

Ncell
Extreme Energy

यस्तै माई नगरपालिकाले पनि आन्तरिक आयको ठूलो रकम खर्च गरेको छ ।यो पालिकाले ४१ लाख ९५ हजार रुपैंयाँ खानामा र सभा संचालनमा ३ लाख ३२ हजार रुपैंयाँ खर्च गरेको छ ।

रोङ गाउँपालिकाले सभा संचालन सहित २६ लाख ६२ हजार,फाकफोकथुम गाउँपालिकाले २१ लाख ९७ हजार,माङसेबुङ गाउँपालिकाले १९ लाख ९१ हजार र देउमाई नगरपालिकाले १८ लाख ३२ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

हरेक बर्ष महालेखाले स्थानिय तहलाई फजुल खर्च नियन्त्रण गर्न निर्देशन दिएपनि इलामका स्थानिय तहहरुले यसलाई लत्याउँदै आएका छन् ।महालेखाले अनुत्पादक क्षेत्रमा लगानी र वितरणमुखी कार्यक्रमलाई समेत रोक्नुपर्नेमा जोड दिदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...

भर्खरै