नेभिगेशन
सबै कुरा

इलामका ६ पालिकाले खाना र सभा संचालनमा पौने २ करोड सके

इलामका ६ वटा पालिकाले खाना र सभा संचालनमा ठूलो रकम खर्च गरेको पाइएको छ । आर्थिक बर्ष २०७९/८०मा खाना र सभा संचालनमा मात्रै यी पालिकाले १ करोड ७९ लाख ४० हजार खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ ।

सबैभन्दा धेरै खर्च गर्नेमा सन्दकपुर गाउँपालिका रहेको छ । महालेखाको प्रतिवेदन अनुसार यो पालिकाले खाना तथा विविध खर्चमा ४३ लाख ८७ हजार रुपैयाँ र सभा संचालनमा ३ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । आन्तरिक आयको ६७.१२ प्रतिशत खर्च गरेको भन्दंै महालेखाले यो पालिकाललाई खर्चमा मितव्ययी बन्न निर्देशन दिएको छ ।

यस्तै माई नगरपालिकाले पनि आन्तरिक आयको ठूलो रकम खर्च गरेको छ ।यो पालिकाले ४१ लाख ९५ हजार रुपैंयाँ खानामा र सभा संचालनमा ३ लाख ३२ हजार रुपैंयाँ खर्च गरेको छ ।

रोङ गाउँपालिकाले सभा संचालन सहित २६ लाख ६२ हजार,फाकफोकथुम गाउँपालिकाले २१ लाख ९७ हजार,माङसेबुङ गाउँपालिकाले १९ लाख ९१ हजार र देउमाई नगरपालिकाले १८ लाख ३२ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

हरेक बर्ष महालेखाले स्थानिय तहलाई फजुल खर्च नियन्त्रण गर्न निर्देशन दिएपनि इलामका स्थानिय तहहरुले यसलाई लत्याउँदै आएका छन् ।महालेखाले अनुत्पादक क्षेत्रमा लगानी र वितरणमुखी कार्यक्रमलाई समेत रोक्नुपर्नेमा जोड दिदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...