नेभिगेशन
सबै कुरा

दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत

भदाै ४, दाेलखा - दोलखाको भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाइड्रोपावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक सेयरसहित कूल १२ लाख १८ हजार ६ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले संस्थापकका लागि ९ लाख ७४ हजार ९ सय ४० कित्ता र सर्वसाधारणका लागि निष्कासन गरेको २ लाख ४३ हजार ७ सय ३५ कित्ता सेयर सूचीकृत गरिएको छ ।

Marvel

आइतबार नेप्से र कम्पनबीच सेयर सूचीकरण सम्झौता भएको नेप्सेले जनाएको छ । कम्पनी सेयर नेप्सेमा सूचीकृत भएसँगै आजदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ । कम्पनीका सेयरको पहिलो कारोबारका लागि नेप्सेले १ सय ५९ रुपैयाँ ६७ पैसादेखि ४ सय ७९ रुपैयाँ एक पैसासम्म ‘ओपनिङ रेञ्ज’ तोकेको छ ।

नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण हुँदा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म ‘ओपनिङ रेञ्ज’ तोक्ने गर्छ । नेप्सेको स्पेशल प्रि–ओपन सेसनमा सोही रेञ्जभित्र पहिलो कारोबार भएपछि कम्पनीको सेयर कारोबार सुरु हुन्छ । 

यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले २०७२ साल भदौदेखि परीक्षण उत्पादन सुरु गरेको थियो भने असोजदेखि व्यावसायिक उत्पादन थालेको थियो ।

त्यस्तै यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले नौ सय ९८ किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । यसको निर्माण लागत रु २४ करोड ७५ लाख रहेको सञ्चालक सन्तोष मैनालीले जानकारी दिनुभयो ।

रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव...
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...

भर्खरै