नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको किर्ते प्रकरणः दोस्रो श्रीमतीको अंश र डिभोर्स सम्बन्धी मुद्दा खारेज

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पति दावी गर्दै रिता भट्टराईले दायर गरेको अंश र डिभोर्स सम्बन्धी मुद्दा खारेज भएको छ । जिल्ला अदालत पर्साको ५ नम्बर इजलासका न्यायाधीश प्रमेश पोखरेलको इजलासले उक्त मुद्दा खारेज गरिदिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शारीरिक सम्बन्धबाट मेयर राजेशमान सिंहसँग पति नाता कायम भएको दाबी गर्दै रिता भट्टराई नाम गरेकी महिलाले २०८० माघ २८ गते अंश र डिभोर्स मुद्दा दायर गरेकी थिइन् । तर, दायर मुद्दाका सन्दर्भमा दाबी पेश गर्न निवेदक र विपक्षी दुवै उपस्थित नभएपछि अदालतले मुद्दा डिसमिस गरिदिएको हो । 

Ncell
Extreme Energy

जिल्ला अदालत पर्साका सूचना अधिकारी अमृत मिश्रले मुद्दाका निवेदक र विपक्षी दुवै पक्ष मागदाबीका लागि उपस्थित नभएपछि मुद्दा ढिसमिस भएको बताए । 

‘मुद्दाको निवेदन  आयो तर, दुवै पक्ष यसको दाव विरोधमा तोकिएको समयमा आएनन्,’ सूचना अधिकारी मिश्रले भने, ‘त्यसका कारण मुद्दा डिसमिस भयो ।’ अदालतमा दाबी विरोध केही पनि नआएपछि अब मुद्दामा उठान गरिएको विवादको निरुपण अदालतबाट नभएको र पुरानो अवस्थामै यथावत रहेको रुपमा बुझ्नु पर्ने मिश्रले बताए ।  

अदालतले मुद्दा डिसमिस गरेसँगै कानुनको छिद्र प्रयोग गरी दोश्रो पत्नी खडा गरी नाता कायम र सम्बन्ध विच्छेद गराई सरकारी कागजात किर्तेमा जोगिन मेयर सिंहले चालेको दाउ असफल भएको छ । 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० स्थायी ठेगाना भएर हाल काठमाडौँ हाँडीगाउँ बस्दै आएकी भट्टराईले जिल्ला अदालतमा दर्ता गराएको फिराद पत्रमा राजेशमान सिंह आफ्नो श्रीमान भएको दाबी गरेकी थिइन् । 

तर, कुनै पनि सरकारी रेकर्डमा मेयर सिंह र भट्टराई बीच श्रीमती नाता कायम भएको देखिएको पुष्टि भएको थिएन । भट्टराईले मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको र सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गर्दै आफ्नो शरीरबाट जन्मेकी छोरीको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईले  फिराद पत्रमा उल्लेख गरेकी थिइन् । 

‘प्रतिवादी राजेशमान सिंहको प्रकाशमा रहेकी पत्नी अन्नपूर्ण मानन्धर हुनु भएकोमा म फिरादीले प्रेम विवाह गरेका कारण प्रकाशमा नल्याए पनि मेरो उदार (शरीर)  बाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र एवम् नागरिकता निवेदनबाट म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ,’ निवेदनमा भनिएको थियो । 

मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने उल्लेख छ । सोही कानुन अनुसार प्रतिवादी राजेशमान सिंह आफ्नो पति प्रमाणित हुनुपर्ने भट्टराईको दावी थियो । 

आफूसँग नाता कायम नै नभएकी युवतीलाई बाबु बनेर नागरिकता दिलाएका सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग २०८० माघ २७ गते आफूले बहुविवाह गरेको बयान दिएका थिए । रुबिना श्रेष्ठको नागरिकता किर्तेमा फस्ने डरले गलत बयान दिएको भोलिपल्टै जिल्ला अदालत पर्सामा भट्टराईले स्वतः पति नाता कायम रहेको दाबी गर्दै अंश र सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । 

मेयर सिंहले बहुविवाह स्वीकार गर्नु, त्यसको भोलिपल्टै पति दाबी गर्दै भट्टराईले अंश र डिभोर्स मुद्दा दायर गर्नु, रिता भट्टराईको सम्पर्कमा आउनुपूर्व नै उनकी छोरी रुबिना श्रेष्ठ हुनु र पञ्जिकरण अधिकारीको नक्कली हस्ताक्षर गरेर जन्मदर्ता बनाएको खुलासा गरेसँगै वीरगञ्जका मेयर राजेशमान सिंहको भूमिका थप शंकास्पद बनेको थियो । वीरगंजका मेयरका किर्ते विवाद सिधाकुराले खुलासा गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...