नेभिगेशन
सबै कुरा

आइडा–२१ बैठकः औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

काठमाडौँमा आजदेखि सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडा)को परिपूरण बैठक (आइडा–२१) बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउनु पर्ने बताए । 

“स्रोत, प्रविधि र लगानीको न्यायसङ्गत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवद्र्धधन गर्न सकिन्छ”, प्रधानमन्त्री दाहालले भने, “ती राष्ट्रहरूलाई माथि उठाउनेमात्र नभई विश्वव्यापी स्थिरता र आर्थिक सहनशीलतामा योगदान पुर्याउनका लागि पनि ती देशहरूको दिगो विकासका पहलहरूलाई समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।”

यही असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने आइडा–२१ बैठकमा विश्व बैंकका उच्चपदस्थ अधिकारीहरू ६१ भन्दा देशका करिब दुई सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानको प्रतिवेदन पेस हुने छ ।...
पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

उनी जेठ १४ गते कारागारबाट रिहा भएका थिए । छुटेलगत्तै उनी गम्भिर बिरामी परेका थिए । ब्रेन स्ट्रोक भएपछि उनले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । पछिल्ला...
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।