नेभिगेशन
सबै कुरा

कबाडी र फोहोर बालेनको घरमा फालौँ : अमरेशकुमार सिंह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले कबाड व्यवसायीमाथि अस्तक्षेप गरिएको भन्दै आक्रोस व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै उनले आक्रोस व्यक्त गरेका हुन् ।  

उनले अदालतबाट आदेश जारी भएपनि कबाड व्यवसायलाई हटाउने कामको विरोध गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेप सही नभएको तर्क गरे । उनले भने, मधेशको मान्छे देख्नेबितिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य छैन ।’ 

City Express

त्यस्तै उनले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले निकै दुख दिएको भन्दै मेयरकै घरमा कवाडी र फोहोर फाल्न आग्रह समेत गरे । ‘यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने ।’ उनले भने ‘म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं ।’

उनले घाइतको उपचार निशुल्क गर्न माग गरेका छन् । 

त्यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कवाड व्यवसायीहरुमाथि प्रहरी दमनका बिषयमा गृहमन्त्रीको जवाफ माग गर्दै दमनमा संलग्नलाई कारवाही गर्नुपर्ने धारणा राखे । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न नेपाली जनताको संवैधानिक र लोकतान्त्रिक हक बिपरित भएको प्रहरी हस्तक्षेप लोकतन्त्रविपरित रहेको उनले बताए । नेपालका जनताका जीउधन र व्यवसायको ग्यारेन्टीको सवाल सिर्जना भएको उनको भनाइ छ ।

यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालीका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।