नेभिगेशन
सबै कुरा

कबाडी र फोहोर बालेनको घरमा फालौँ : अमरेशकुमार सिंह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले कबाड व्यवसायीमाथि अस्तक्षेप गरिएको भन्दै आक्रोस व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै उनले आक्रोस व्यक्त गरेका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अदालतबाट आदेश जारी भएपनि कबाड व्यवसायलाई हटाउने कामको विरोध गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेप सही नभएको तर्क गरे । उनले भने, मधेशको मान्छे देख्नेबितिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य छैन ।’ 

Ncell
Extreme Energy

त्यस्तै उनले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले निकै दुख दिएको भन्दै मेयरकै घरमा कवाडी र फोहोर फाल्न आग्रह समेत गरे । ‘यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने ।’ उनले भने ‘म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं ।’

उनले घाइतको उपचार निशुल्क गर्न माग गरेका छन् । 

त्यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कवाड व्यवसायीहरुमाथि प्रहरी दमनका बिषयमा गृहमन्त्रीको जवाफ माग गर्दै दमनमा संलग्नलाई कारवाही गर्नुपर्ने धारणा राखे । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न नेपाली जनताको संवैधानिक र लोकतान्त्रिक हक बिपरित भएको प्रहरी हस्तक्षेप लोकतन्त्रविपरित रहेको उनले बताए । नेपालका जनताका जीउधन र व्यवसायको ग्यारेन्टीको सवाल सिर्जना भएको उनको भनाइ छ ।

यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालीका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।