नेभिगेशन
सबै कुरा

नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्छः मन्त्री श्रेष्ठ

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्ने बताएका छन् । 

स्काउटको ७३ औँ स्थापना दिवसको सन्र्दभमा आज यहाँका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा बढाउन ‘डिजिटल स्काउटिङ’ बनाउनुपर्ने सुझाव दिए । प्रमुख स्काउटसमेत रहेका मन्त्री श्रेष्ठले परिवर्तन आत्मसात् गर्दै स्काउटको मूल्यमान्यता भने यथावत राख्नुपर्ने बताए ।

समाजमा निःस्वार्थ भावना राखेर सहयोग पु¥याउँदै आएको स्काउटको महत्व अपरिहार्य रहेको उनले सुनाए। “स्काउटको मूल्यमान्यता नै निःस्वार्थ सेवा हो, जुन अहिलेसम्म स्काउटले जीवित राख्दै आएको छ”, मन्त्री श्रेष्ठले भने ।

समयको मागअनुसार स्काउटले अब गर्नुपर्ने महत्वपूर्ण विषय भनेको ‘प्रकृतिसँग नजिक’, र ‘प्रकृतिको संरक्षण’ जस्ता मुद्दा पनि रहेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले स्काउटमार्फत समाजमा रहेका विकृति, विसंगती हटाउन, विपद् व्यवस्थापन गर्न र सभ्य समाज निमार्णका लागि आवश्यक जनशक्ति उत्पादनमा सहयोग पु¥याउँदै आएकामा प्रशंसा गरे । यद्यपि सरकारले लिएको दिगो विकासको लक्ष्य प्राप्तिमा स्काउट सहयोगी बन्न जरुरी रहेको उनको सुझाव थियो ।

मन्त्री श्रेष्ठले अब छिट्टै नै राष्ट्रिय परिषद्को बैठक बसेर स्काउटमा युवा परिचालन सशक्त बनाउने योजनामा छलफल चलाउने जानकारी दिए । उनले भने, “सरकारको बजेटमा एक लाख युवा परिचालन गर्ने भनेर करिब रु दुई अर्ब बजेट व्यवस्था गरिएको छ, स्काउटका युवाको नेतृत्व विकासका लागि आवश्यक छलफल गरेर कार्ययोजना बनाउँछौँ ।”

कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले स्काउटको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले सरकारले अनुदानमा दिएको रु सात करोडमध्ये चालु आवमा करिब ७० प्रतिशत रकम खर्च भइसकेको जानकारी दिए । उनले सातवटै प्रदेशमा स्काउटका गतिविधिको प्रतिवेदनसमेत मन्त्री श्रेष्ठसमक्ष बुझाएका थिए ।

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले युवा तथा बालबालिकालाई अनुशासित बनाउने, सभ्य समाज, युवा नेतृत्वको विकास, अन्तर्राष्ट्रियस्तरमा नेपाली छवि उजिल्याउनेलगायत कार्यमा स्काउटले अहम् भूमिका खेल्दै आएको बताए। उनले सङ्घीय संरचनाअनुसार स्थानीय तहमा समिति गठन गर्न थालिएको पनि जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...