नेभिगेशन
सबै कुरा

जीबी राईको लोकेसन पत्ता लागेको छ, नेपाल ल्याउने कोसिस भइरहेकाे छ : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) को लोकेसन पत्ता लागेको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राईको मलेसियाको लोकेसन पत्ता लागेको र नेपाल ल्याउने प्रयास भइरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामीले जीबी राईको लोकेशन पत्ता लगाइसकेका छौँ । ऊ कहाँ छ भन्ने हामीलाई थाहा छ । मलेसियाका गृहमन्त्रीजीले पनि कन्फर्म गर्नुभएको छ । नेपाल ल्याउन हामीले कोसिस गरिरहेका छौँ ।’, गृहमन्त्री लामिछानेले भने । 

Ncell
Extreme Energy

त्यस्तै उनले मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले उनलाई नेपाल ल्याउन समस्या भइरहेको बताएका छन् । ‘मेरो दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ, आजभन्दा ३÷४ दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएकाले कूटनीतिक पहलमा समस्या भएको छ । तपाईंहरूले नतिजा पाउनुहुन्छ ।’

जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा साझेदार भएर काम गरेको भन्दै गृहमन्त्री रवि लामिछाने समेत सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लाग्ने गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।