नेभिगेशन
सबै कुरा

कोकिनको ओसारपसार र बिक्रीमा सक्रिय विदेशी, निलेर नेपाल ल्याई दिल्लीसम्म पुर्याउँथे

काठमाडाैँ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ४ किलो ५०४ ग्राम कोकिन सहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 


City Express

व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फल्स बटममा लुकाई कोकिन ओसारपसार गर्ने चार जना नागरिकलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थीत एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो ।


उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोनिका क्याप्सुलहरु बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिनेश कुमार आचार्यले जानकारी दिए । त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुदै काठमाडौं आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई विमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौंको एक होटलबाट कोकिनका ९२ क्याप्सुल सहित पक्राउ गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक आचार्यले बताए ।


अनुसन्धानका क्रममा प्रहरीले उक्त कोकिनका क्याप्सुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्सङ्गीलाई पक्राउ गरेको छ । उनले कोकिनका क्याप्सुलहरु नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुलेको व्युरोले जनाएको छ । बरामद गरिएका लागू औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु १५ करोड ७६ लाख हुन आउने बताइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...