नेभिगेशन
सबै कुरा

दूग्ध किसानको बक्यौता एक हप्ताभित्र भुक्तान गर्ने कृषिमन्त्रीकाे प्रतिवद्धता

काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साहले दूग्ध किसानको बक्यौताको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएकी छिन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री साहले एक हप्ताभित्र दूग्ध किसानको बक्तौता भुक्तान गर्ने प्रतिवद्धता जनाएकी हुन् । उनले अहिले किसानको भुक्तानी गर्नुपर्ने रकमबारे अध्ययन भइरहेको जानकारी दिइन् । डिडिसीबाट भुक्तानी गर्नका लागि ३० करोड ऋण लिएर तिर्दा पनि समस्या समाधान नभएकाले थप ऋण लिनका लागि मन्त्रालयले निर्देशन समेत दिइसकेको उनले बताइन्।

मन्त्री साहले रासायनिक मलको अभाव नहुने गरि सरकारले प्रवन्ध गरेको बताइन् । आगामी आर्थिक बर्षका लागि रसायनीक मल आपूर्तिका लागी २७ अर्व ९५ करोड बिनियोजन गरिएको उनले जानकारी दिइन् । उनले कृषि दशकलाई प्रभावकारी बनाउनका लागि गम्भीर भएर लाग्ने जिकिर गरिन्।

त्यस्तै छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निरन्तररुपमा घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्ने गरी बजेट कार्यान्वयन गर्ने बताए । उनले मुलुकमा लगानी वातावरणलाई सहज बनाउनका लागि समयानुकुल कानूनहरु बनाउदै लगिएको जानकारी दिए । 

उनले बजेटमार्फत उपभोक्ता अदालत गठन र संयुक्त बजार अनुगमनलाई प्राथमिकतामा राखिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...