नेभिगेशन
सबै कुरा

दूग्ध किसानको बक्यौता एक हप्ताभित्र भुक्तान गर्ने कृषिमन्त्रीकाे प्रतिवद्धता

काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साहले दूग्ध किसानको बक्यौताको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री साहले एक हप्ताभित्र दूग्ध किसानको बक्तौता भुक्तान गर्ने प्रतिवद्धता जनाएकी हुन् । उनले अहिले किसानको भुक्तानी गर्नुपर्ने रकमबारे अध्ययन भइरहेको जानकारी दिइन् । डिडिसीबाट भुक्तानी गर्नका लागि ३० करोड ऋण लिएर तिर्दा पनि समस्या समाधान नभएकाले थप ऋण लिनका लागि मन्त्रालयले निर्देशन समेत दिइसकेको उनले बताइन्।

Ncell
Extreme Energy

मन्त्री साहले रासायनिक मलको अभाव नहुने गरि सरकारले प्रवन्ध गरेको बताइन् । आगामी आर्थिक बर्षका लागि रसायनीक मल आपूर्तिका लागी २७ अर्व ९५ करोड बिनियोजन गरिएको उनले जानकारी दिइन् । उनले कृषि दशकलाई प्रभावकारी बनाउनका लागि गम्भीर भएर लाग्ने जिकिर गरिन्।

त्यस्तै छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निरन्तररुपमा घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्ने गरी बजेट कार्यान्वयन गर्ने बताए । उनले मुलुकमा लगानी वातावरणलाई सहज बनाउनका लागि समयानुकुल कानूनहरु बनाउदै लगिएको जानकारी दिए । 

उनले बजेटमार्फत उपभोक्ता अदालत गठन र संयुक्त बजार अनुगमनलाई प्राथमिकतामा राखिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।