नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउँदैछौँः मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“यो कार्यक्रमबारे पुनःविचार गर्नुपर्छ भनेर काम भइरहेको छ । कम्तीमा यो कार्यक्रमले सीप विकास र उद्यमशीलतासँग जोड्न सक्नुपर्छ”, मन्त्री अर्यालले भने । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा बोल्दै उनले श्रम स्वीकृतिमा बेथिति देखिएकाले एक घण्टामै श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए । 

Ncell
Extreme Energy

“वैदेशिक रोजगारीमा जाने सोझा नागरिक आफ्नो सम्पत्ति बेचेर गइरहेका हुन्छन् । उनीहरुलाई बिचौलियाले ठग्ने गरेको छ । ठग्ने प्रवृत्ति अन्त्य गर्न यो निर्णय गर्यौँ । ‘फ्रि भिसा फ्रि टिकट’ मा पनि ब्रहमलुट छ । यसको नीतिमा पनि काम गरिरहेका छौँ,” मन्त्री अर्यालले भने । 

उनले आन्तरिक रोजगारी सिर्जना गर्ने काममा मन्त्रालय गम्भीर रहेको बताउँदै भने, ‘विदेश जानेलाई रोक्न सकिँदैन तर फर्किएकालाई मात्रै रोक्न सके त्यो ठूलो कुरा हुनेछ । फर्केकालाई व्यवस्थापन गर्न कार्यक्रम ल्याउँदैछौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।