नेभिगेशन
सबै कुरा

लुम्बिनीमा जसपा नेपालले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

काठमाडाैँ । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। उपेन्द्र यादव नेतृत्वको पार्टीले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको निर्णयअनुरूप सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिइन्।

Ncell
Extreme Energy

‘गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठकले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको व्यहोरा जानकारी गराइन्छ। साथै नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिसकेको समेत जानकारी गराइन्छ,’ काफ्लेले विज्ञप्तिमा भनेकी छिन्।

लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेको जसपा नेपाल केन्द्रमा विभाजन भएपछि टुक्रिएको छ । जसमध्ये २ सांसद अशोक राई नेतृत्वको जसपातिर लागेका छन् । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक छ। जसमा जसपा नेपालका १ सांसद रहेका छन् । जसपा नेपालले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री जोखबहादुर महरालाई बहुमतमा समस्या छैन ।

महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, अशोक राई नेतृत्वको जसपाका २, एकीकृत समाजवादीका १ र १ जना स्वतन्त्र सांसद गरी ४७ सांसदको समर्थन कायम छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।