नेभिगेशन
सबै कुरा

अनसनरत रुबी खान र सरकारबीच सहमति, गृहमन्त्री लामिछानेले जुस पिलाएर तोडाए अनसन

काठमाडाैँ । निर्मला कुर्मी र सुमदरानी थारुको मृत्यलाई लिएर विभिन्न मागसहित अनसनरत रुबी खान नेतृत्वको समूहसँग गृहमन्त्री रवि लामिछानेले वार्ता गरेका छन् । अनसनरत खानसँग अस्पतालमै पुगेर वार्ता गरेका लामिछानेले खानलाई सहमतिमा ल्याएर अनसन तोडाएका छन् । उनले खानलाई लामिछानेले जुस खुवाएर अनसन तोडाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनरत समूह र गृहमन्त्रालयको टोलीबिच सोमबार ५ बुँदे सहमति भएको हो । २ पक्षसँग भएको सहमति यस्ता छन् ः

Ncell
Extreme Energy

१. निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान कार्यलाई प्राथमिकताका साथ यस अघि गठित विभिन्न छानविन समितिका प्रतिवेदनहरु समेतको अध्ययन÷विश्लेषण गरी कानून वमोजिम प्रस्तुत विषयको शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखि पठाउने ।

२. सुमदरानी थारुको घटना सम्बन्धमा सम्मानित बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपितलाई शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन भैरहेको काम कारवाहीमा शिघ्रता ल्याउन र प्रस्तुत विषयमा पीडितलाई कानून बमोजिम दिन मिल्ने प्रगति व्यहोरा अद्यावधिक गराइदिन नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखि पठाउने 

३. बाँके जिल्ला प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन गर्नुपर्ने सहजीकरण, नियमित सुपरिवेक्षण तथा निगरानी गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाउने 

४. यसमा आन्दोलनरत पक्ष र निजको परिवारको उचीत एवं प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय, बाँकेमा लेखी पठाउने 

५. माथि उल्लेखित प्रकरणहरुका सन्दर्भमा विभिन्न माग राखी अनसनरत रुबी खानले जारीराखेको अन्दोलनका कार्यक्रम आजैबाट अन्त्य गर्ने


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।