नेभिगेशन
सबै कुरा

अनसनरत रुबी खान र सरकारबीच सहमति, गृहमन्त्री लामिछानेले जुस पिलाएर तोडाए अनसन

काठमाडाैँ । निर्मला कुर्मी र सुमदरानी थारुको मृत्यलाई लिएर विभिन्न मागसहित अनसनरत रुबी खान नेतृत्वको समूहसँग गृहमन्त्री रवि लामिछानेले वार्ता गरेका छन् । अनसनरत खानसँग अस्पतालमै पुगेर वार्ता गरेका लामिछानेले खानलाई सहमतिमा ल्याएर अनसन तोडाएका छन् । उनले खानलाई लामिछानेले जुस खुवाएर अनसन तोडाएका हुन् । 

आन्दोलनरत समूह र गृहमन्त्रालयको टोलीबिच सोमबार ५ बुँदे सहमति भएको हो । २ पक्षसँग भएको सहमति यस्ता छन् ः

१. निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान कार्यलाई प्राथमिकताका साथ यस अघि गठित विभिन्न छानविन समितिका प्रतिवेदनहरु समेतको अध्ययन÷विश्लेषण गरी कानून वमोजिम प्रस्तुत विषयको शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखि पठाउने ।

२. सुमदरानी थारुको घटना सम्बन्धमा सम्मानित बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपितलाई शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन भैरहेको काम कारवाहीमा शिघ्रता ल्याउन र प्रस्तुत विषयमा पीडितलाई कानून बमोजिम दिन मिल्ने प्रगति व्यहोरा अद्यावधिक गराइदिन नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखि पठाउने 

३. बाँके जिल्ला प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन गर्नुपर्ने सहजीकरण, नियमित सुपरिवेक्षण तथा निगरानी गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाउने 

४. यसमा आन्दोलनरत पक्ष र निजको परिवारको उचीत एवं प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय, बाँकेमा लेखी पठाउने 

५. माथि उल्लेखित प्रकरणहरुका सन्दर्भमा विभिन्न माग राखी अनसनरत रुबी खानले जारीराखेको अन्दोलनका कार्यक्रम आजैबाट अन्त्य गर्ने


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...