नेभिगेशन
सबै कुरा

सिबिआई भन्दै २ करोड रुपैयाँ लुटपाट, मामाले लुटे आफ्नै भान्जा

काठमाडाैँ । प्रहरीले आफुलाई सिबिआई भन्दै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ गरि सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा लुटपाट गर्ने सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीम बहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई, सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोहरालाई पक्राउ गरि सार्वजनिक गरेको हो । लुटपाटमा संलग्न कुलबहादुर खत्री भने फरार छन् । कुलबहादुरका भान्जा  डिल्लीराज राउतको घरमा नगद रहेको जानकारी पाएपछि कुलबहादुरले नै लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ । लुटपाटका लागि कुलबहादुरले वैदेशीक रोजगारका जानका लागि काठमाडौँ आएका युवाहरुलाई प्रयोग गरेको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । 

Ncell
Extreme Energy

लुटपाटको रकम उनीहरुले बाँडफाँट समेत गरिसकेको र त्यसमध्ये केहि खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...