नेभिगेशन
सबै कुरा

सिबिआई भन्दै २ करोड रुपैयाँ लुटपाट, मामाले लुटे आफ्नै भान्जा

काठमाडाैँ । प्रहरीले आफुलाई सिबिआई भन्दै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा लुटपाट गर्ने सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीम बहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई, सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोहरालाई पक्राउ गरि सार्वजनिक गरेको हो । लुटपाटमा संलग्न कुलबहादुर खत्री भने फरार छन् । कुलबहादुरका भान्जा  डिल्लीराज राउतको घरमा नगद रहेको जानकारी पाएपछि कुलबहादुरले नै लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ । लुटपाटका लागि कुलबहादुरले वैदेशीक रोजगारका जानका लागि काठमाडौँ आएका युवाहरुलाई प्रयोग गरेको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । 

City Express

लुटपाटको रकम उनीहरुले बाँडफाँट समेत गरिसकेको र त्यसमध्ये केहि खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...