नेभिगेशन
सबै कुरा

बालेन भन्छन्ः कांग्रेस र एमाले नेताका नाममा बजेट माग्दै काठमाडौँ महानगरको नगरसभा रोकियो

काठमाडाैँ ।  काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक रोकिएको छ ।  मेयर बालेन्द्र शाह(बालेन)का अनुसार नेकपा एमालेले र कांग्रेसका नेताहरुले आफ्ना नेताहरुको नाममा करोडौँ बजेटका कार्यक्रम राख्न गरेको प्रस्ताव अस्विकार गर्दा नगरसभा बैठकनै रोकिएको हो । 

शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एमाले कांग्रेसका नेताहरुले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम राख्न भनेको तर आफूले चार सहिदहरुको नाममा गर्न आग्रह गर्दा नेताहरु बैठक रोकर हिडेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,'एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो,‘मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ।’

उनले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदान दिएकाे हुनसक्ने पनि बताएका छन्। बालेनले थप लेखेका छन् ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ ।  ‘त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै