नेभिगेशन
सबै कुरा

बालेन भन्छन्ः कांग्रेस र एमाले नेताका नाममा बजेट माग्दै काठमाडौँ महानगरको नगरसभा रोकियो

काठमाडाैँ ।  काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक रोकिएको छ ।  मेयर बालेन्द्र शाह(बालेन)का अनुसार नेकपा एमालेले र कांग्रेसका नेताहरुले आफ्ना नेताहरुको नाममा करोडौँ बजेटका कार्यक्रम राख्न गरेको प्रस्ताव अस्विकार गर्दा नगरसभा बैठकनै रोकिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एमाले कांग्रेसका नेताहरुले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम राख्न भनेको तर आफूले चार सहिदहरुको नाममा गर्न आग्रह गर्दा नेताहरु बैठक रोकर हिडेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,'एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो,‘मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ।’

Ncell
Extreme Energy

उनले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदान दिएकाे हुनसक्ने पनि बताएका छन्। बालेनले थप लेखेका छन् ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ ।  ‘त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै