नेभिगेशन
सबै कुरा

जोगीको भेषमा भिख माग्न गएर कानको रिङ चोर्ने २ भारतीय पक्राउ

काठमाडाैँ । जोगीको भेषमा भिख माग्न गएर कानको रिङ चोर्ने २ भारतीय नागरिक पक्राउ परेका छन् । बिहिबार बिहान करिब ९ बजे सेतोपुल क्षेत्रमा जोगीको भेषमा भिख माग्न गएर कानको रिङ चोर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिन्धुली कमलामाई १२ घर भई सेतोपुल बस्दै आएकी ३५ वर्षीया उर्मिला श्रेष्ठको कोठामा भिख माग्न पुगेका अपरिचित दुई जोगीहरुले श्रेष्ठले लगाएको कानका दुवै पट्टीको सुनको रिङ्ग खोली चोरी गरेका हुन् । चोरी भएको सूचनापश्चात खटिएको प्रहरी वृत्त मालिगाउँको टोलीले चोरीमा संलग्नहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले बताए । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत हरियाणा कर्नाल स्थायी घर भई हाल बौद्ध नयाँबस्ती बस्ने वर्ष २६ वर्षीय देवु दया र सोही ठेगाना भएकी वर्ष ४० की जेलिना नाम भएकी एक  महिला रहेका छन् । 

प्रहरीले उनीहरुलाई चोरी भएको सुनसहित बोद्धबाट नियन्त्रणमा लिएको हो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...