नेभिगेशन
सबै कुरा

जोगीको भेषमा भिख माग्न गएर कानको रिङ चोर्ने २ भारतीय पक्राउ

काठमाडाैँ । जोगीको भेषमा भिख माग्न गएर कानको रिङ चोर्ने २ भारतीय नागरिक पक्राउ परेका छन् । बिहिबार बिहान करिब ९ बजे सेतोपुल क्षेत्रमा जोगीको भेषमा भिख माग्न गएर कानको रिङ चोर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

सिन्धुली कमलामाई १२ घर भई सेतोपुल बस्दै आएकी ३५ वर्षीया उर्मिला श्रेष्ठको कोठामा भिख माग्न पुगेका अपरिचित दुई जोगीहरुले श्रेष्ठले लगाएको कानका दुवै पट्टीको सुनको रिङ्ग खोली चोरी गरेका हुन् । चोरी भएको सूचनापश्चात खटिएको प्रहरी वृत्त मालिगाउँको टोलीले चोरीमा संलग्नहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले बताए । 

Dish Home
Global Ime Bank

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत हरियाणा कर्नाल स्थायी घर भई हाल बौद्ध नयाँबस्ती बस्ने वर्ष २६ वर्षीय देवु दया र सोही ठेगाना भएकी वर्ष ४० की जेलिना नाम भएकी एक  महिला रहेका छन् । 

प्रहरीले उनीहरुलाई चोरी भएको सुनसहित बोद्धबाट नियन्त्रणमा लिएको हो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

प्रारम्भिक अनुसन्धान अनुसार उक्त सुन अवैध रुपमा नेपाल भित्र्याउने उद्देश्यले ल्याइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। खेमानीमाथि थप अनुसन्धान भइरहेको छ र बरामद सुन आवश्यक प्रक्रिया पूरा गरी...
उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरीकाे शव फेला, घटना रहस्मय !

उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरीकाे शव फेला, घटना रहस्मय !

बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टर) बबिन राईका अनुसार बुधबार बिहान अमलचौरी गाउँको बाटोमा मन्जुको शव लडिरहेको अवस्थामा भेटिएको थियो। त्यसको झण्डै दुईसय मिटर टाढा रविनको शव रुखमा झुण्डिएको अवस्थामा...
२ हजार १ सय किलो गाँजासहित ३ पक्राउ

२ हजार १ सय किलो गाँजासहित ३ पक्राउ

आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना‍ ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा...
३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल, अफिम, गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–१ का राजु स्याङतानलाई पक्राऊ गरेको हो ।

भर्खरै