नेभिगेशन
सबै कुरा

सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।

सुदूरपश्चिम पतृना अत्तरिया तेघरीका अनुसार छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी  गरेका हुन् । यहाँ कञ्चनपुरका छ, कैलालीमा तीन, डडेल्धुरा र दार्चुलामा दुई/दुई, बाँकी डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक/एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ । युवा वगलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ ।

CG

यस क्रममा शुक्रबार महेन्द्रनगरस्थित श्री राष्ट्रिय  बाल विद्यालयमा पनि सो तालिमको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापाले शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सेनाको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नंं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्द, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जङ्ग ठकुरी, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, राष्ट्रिय विद्या निकेतनका प्रधानाध्यापक महेश भट्टलगायतको सहभागिता रहेको थियो ।

जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ । सेनाले दिएको जानकारीअनुसार २०२२ सालदेखि मुलुकमा सेनाले विद्यार्थीलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।