नेभिगेशन
सबै कुरा

भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई बाबुराम भट्टराईकाे अल्टिमेटम (भिडियाे)

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । 


बुढीगण्डकी कोरिडोर बहुउदेश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउदै भट्टराईले भाद्र मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिदै आफुहरुको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने बताए । आयोजना निर्माणका लागि अधिकार र साधनस्रोत सम्पन्न बुढीगण्डकी कोरिडोर बिकास प्राधिकरण तुरुन्त गठन गर्नुपर्ने उनको माग छ । त्यस्तै भट्टराईले आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई यथासिघ्र सम्बोधन गर्नुपर्ने बताए । 

उक्त परियोजना सुरुवा पछिका सरकारहरुले चासो नदिएको र पटक पटक योजना र कार्यान्वयनको मोडालिटी परिवर्तन गर्र्नु उचित नभएको भट्टराइले बताए । समयमा नै आयोजना सम्पन्न नहुँदा लागत बढेर रु २ खर्व ६० अर्वबाट ४ खर्व पुग्न लागेकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै