नेभिगेशन
सबै कुरा

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना

काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । 

कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । 

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको  सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी  भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ ।  कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको  सम्भावना छ ।  

आगामी २४ घण्टामा देशका केही स्थानमा  भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

आइतबार केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरुले बताएका छन् ।
संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत...
लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।
बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।

भर्खरै