नेभिगेशन
सबै कुरा

सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले समाजवादी क्रान्तिको विश्लेषण गर्दै शक्ति तथा सङ्गठन विस्तारका लागि कार्यदिशा निर्माण गर्न शुभकामना दिए । भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न भ्रष्टाचारका फाइल अगाडि बढाउने उल्लेख गर्दै उनले भने, “केही भएको छैन भन्ने निराशावादी भाष्य गलत छ, भविष्यमुखी, राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध छु ।” 

Ncell
Extreme Energy

प्रधानमन्त्री दाहालले विगतमा एउटै मोर्चामा रहँदा एकीकृत समाजवादी पार्टी र माओवादीबीच एकताबद्धको प्रयास भएको तथा नयाँ र परिमार्जित विचार महाधिवेशनले पारित गर्ने विश्वास व्यक्त गरे। मुलुकको आवश्यकताअनुसार माक्र्सवादलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।