नेभिगेशन
सबै कुरा

संसद विघटन गर्नेसँग सचेत रहन प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले हिजो संसद विघटन गर्नेले आज पनि गर्न सक्ने भन्दै सचेत रहन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । 

सो क्रममा उनले विद्रोह नगरेको भए आफुहरु पलायन वा आत्मसमर्पण गर्ने अवस्थामा पुगेको समेत उल्लेख गर्दैै अध्यक्ष नेपालले भने, ‘हिजो विघटन गरेर ठिक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुस् । तर अहिले संख्याका हिसाबले पनि कसैले संसद बिघटन गर्ने अवस्था आउन सक्दैन ।’

सो क्रममा अध्यक्ष नेपालले देश र जनताको आशा अपेक्षालाई पुरा गर्नका लागि दलहरु गम्भीर हुनुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरु धेरै भएपनि आत्तिनुपर्ने अवस्था नरहेको भन्दै अव एकजुट हुनुपर्नेमा जोड दिए । 

समाजवादी मोर्चामा केहि समस्या देखिएपनि यसलाई नै सक्रिय गराएर एक हुनुपर्ने र प्रमुख नेताहरु जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । उनले नेपालको कम्युनिष्ट पार्टीमा आफ्नो पार्टीले नै नेतृत्व लिएर समाजवादी क्रान्तिको कार्यक्रमलाई अघि सारेको भन्दै यसलाई अन्य कम्युनिष्ट पार्टीबीच छलफल गर्न सकिने उल्लेख गरे । 

नयाँ नेतृत्व समेत चयन हुने महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी रहेको समाजवादीले जनाएको छ । एकीकृत समाजवादीले महाधिवेशनमार्फत निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरिएको छ । समाजवादीले एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरुले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ । अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने, उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्ने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

आइतबार केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरुले बताएका छन् ।
संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत...
लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।
बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।

भर्खरै