नेभिगेशन
सबै कुरा

संसद विघटन गर्नेसँग सचेत रहन प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले हिजो संसद विघटन गर्नेले आज पनि गर्न सक्ने भन्दै सचेत रहन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले विद्रोह नगरेको भए आफुहरु पलायन वा आत्मसमर्पण गर्ने अवस्थामा पुगेको समेत उल्लेख गर्दैै अध्यक्ष नेपालले भने, ‘हिजो विघटन गरेर ठिक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुस् । तर अहिले संख्याका हिसाबले पनि कसैले संसद बिघटन गर्ने अवस्था आउन सक्दैन ।’

Ncell
Extreme Energy

सो क्रममा अध्यक्ष नेपालले देश र जनताको आशा अपेक्षालाई पुरा गर्नका लागि दलहरु गम्भीर हुनुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरु धेरै भएपनि आत्तिनुपर्ने अवस्था नरहेको भन्दै अव एकजुट हुनुपर्नेमा जोड दिए । 

समाजवादी मोर्चामा केहि समस्या देखिएपनि यसलाई नै सक्रिय गराएर एक हुनुपर्ने र प्रमुख नेताहरु जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । उनले नेपालको कम्युनिष्ट पार्टीमा आफ्नो पार्टीले नै नेतृत्व लिएर समाजवादी क्रान्तिको कार्यक्रमलाई अघि सारेको भन्दै यसलाई अन्य कम्युनिष्ट पार्टीबीच छलफल गर्न सकिने उल्लेख गरे । 

नयाँ नेतृत्व समेत चयन हुने महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी रहेको समाजवादीले जनाएको छ । एकीकृत समाजवादीले महाधिवेशनमार्फत निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरिएको छ । समाजवादीले एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरुले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ । अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने, उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्ने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

भोटेकोशीको एक बिहानले ती योजना अधुरै छाडिदियो । फेरि फोन गर्ने भनेर छुट्टिएका सविन र सुमनको फोन आएन । उद्धवलाई पर्खिरहेकी पत्नी र छोरी आफैँ बाढीबाट जोगिएर फर्किएपनि...
काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटाैँडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण...
भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ ।