नेभिगेशन
सबै कुरा

ऐलाको ब्राण्डिङ सम्भाव्यता अध्ययन गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । 

नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेयपदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेका छन् । जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेयपदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेयपदार्थको गुणस्तरियतालाई ब्राण्डिङ गरेर विश्व समक्ष पु¥याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको कामपाले जनाएको छ । 

Dish Home
Global Ime Bank

यो कार्यक्रमलाई कामपा सहकारी विभागले अगाडि बढाएको हो । कामपा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, “अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था गरेर सम्भावनालाई नतिजामा रुपान्तरण गर्नेछौँ ।” 

उनीहरुले पेयपदार्थ उत्पादनका लागि आवश्यक कच्चापदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, कामपाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 

यसमा समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुको मात्र अध्ययन हुनेछ । पहिलो चरणको अध्ययन सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ् गर्न सकिन्छ भन्ने थाहा हुनेछ । त्यसपछि आवश्यक कानुनी व्यवस्था गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीलाई रास्वपाको चुनौती, ‘पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने हिम्मत छ?’

प्रधानमन्त्रीलाई रास्वपाको चुनौती, ‘पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने हिम्मत छ?’

राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्न चुनौती दिएको छ । आइतबारको प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले २२ अर्ब ऋण...
प्रतितोला १ लाख ८९ हजार ७०० मा कारोबार हुँदै सुन

प्रतितोला १ लाख ८९ हजार ७०० मा कारोबार हुँदै सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । 
कांग्रेस सहमहामन्त्रीको छोरा रक्सी चोर्ने काममा संलग्न भएको प्रमाणित गर्न राजेन्द्र लिङ्देनलाई कांग्रेसको चुनौती

कांग्रेस सहमहामन्त्रीको छोरा रक्सी चोर्ने काममा संलग्न भएको प्रमाणित गर्न राजेन्द्र लिङ्देनलाई कांग्रेसको चुनौती

नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । आइतबार प्रतिनिधिसभामा बोल्दे कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले १५ गतेको घटनामा...
अण्डाको मूल्य बढाउने निर्णय

अण्डाको मूल्य बढाउने निर्णय

पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन्...