नेभिगेशन
सबै कुरा

नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडाैँ । नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने गिरोह पक्राउ परेको छ । नक्कली सुनको मुर्ति देखाई ३० लाख ठगि गरेको आरोपमा प्रहरीलाई ५ जनालाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ७ विष्ट गाँउ घर भएर खहरेमा सोफा पसल गर्ने ३१ वर्षीया दिनेश न्यौपानेलाई भारतको उडिशा राज्य केन्द्रवडा घर भई हाल काठमाडौँको कमलपोखरी बस्ने वर्षीया कलाकार दासले नक्कली सुनको मुर्ति देखाई नगद तीस लाख ठगी गरेका हुन् । ठगिएको सूचनापश्चात खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग काडाँघारीको संयुक्त टोलीले उनीसहित उक्त कार्यमा संलग्न अन्य ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले बताए । 

Everest cinsult

पक्राउ पर्नेहरुमा भारत उडिशा राज्य केन्द्रवडा घर भई हाल काठमाडौँको कमलपोखरी बस्ने ४० वर्षीय कलाकार दास, म्याग्दि रघुगंगा गाउँपालिका ७ घर भई हाल ललितपुर धोबीघाट बस्ने ६४  वर्षीय क्षेत्र बहादुर शाही, धादिङको निलकण्ठ नगरपालिका २ घर भई काठमाडौँको डल्लु बस्ने ३८ वर्षीय दिपक थापा, दाङ घर भई काठमाडौँको लाजिम्पाट बस्ने ३५ वर्षीय वसन्त चौधरी र काठमाडौँ महानगरपालिका १५ चौमती घर भएका ५५ वर्षीय रविन महर्जन रहेका छन् । 

काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ थान नक्कली सुनको बुद्धको मुर्ति र चौध लाख रुपैँया नगद बरामद गरेको छ । त्यस्तै उल्लिखित अभियुक्तहरुलाईखनियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका–४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।
अवैध रूपमा सङ्कलन गरिएको जडीबुटीसहित चार जना पक्राउ

अवैध रूपमा सङ्कलन गरिएको जडीबुटीसहित चार जना पक्राउ

उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा...
पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए।