नेभिगेशन
सबै कुरा

नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै

काठमाडाैँ । नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई सरकारबाट आजै फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले कांग्रेसबिच सरकार बनाउने सहमति भएपनि तत्काल राजीनामा नदिने बताएपछि एमालेले सरकार छोड्न मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको हो ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट सहभागी भएका उपप्रधानसहित ८ मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाउने भएको हो । मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेपनि प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो । कांग्रेससँग सत्ता साझेदारी गर्न सहमति भएको भन्दै एमालेले प्रधानमन्त्री दाहाललाई आजसम्मको समय दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । 

हाल प्रचण्ड नेतृत्व सरकारमा नेकपा एमालेबाट ८ मन्त्री सामेल छन्, जसमा उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...