नेभिगेशन
सबै कुरा

नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै

काठमाडाैँ । नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई सरकारबाट आजै फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले कांग्रेसबिच सरकार बनाउने सहमति भएपनि तत्काल राजीनामा नदिने बताएपछि एमालेले सरकार छोड्न मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट सहभागी भएका उपप्रधानसहित ८ मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाउने भएको हो । मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेपनि प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो । कांग्रेससँग सत्ता साझेदारी गर्न सहमति भएको भन्दै एमालेले प्रधानमन्त्री दाहाललाई आजसम्मको समय दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । 

Ncell
Extreme Energy

हाल प्रचण्ड नेतृत्व सरकारमा नेकपा एमालेबाट ८ मन्त्री सामेल छन्, जसमा उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

भर्खरै